६ कार्तिक २०८१, मंगलवार

अछाममा एमालेका तीन जना निर्विरोध



अछाम । अछाम जिल्लाको मंगलसैन नगरपालिकाका दुई वडामा नेकपा (एमाले)का तीन जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।
मंगलसैनका वडा नम्बर २ मा एमालेका सदस्यको उम्मेदवार बमबहादुर बोगटी, महिला वडा सदस्यमा सुनिता बोगटी र वडा नम्बर ७ मा महिला वडा सदस्यमै जमुना जैसी निर्विरोध निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालय अछामले जनाएको छ ।
यसअघि बझाङको काँडा गाउँपालिका वडा नम्बर ५ मा एमालेको प्यानलै निर्विरोध भइसकेको छ । बाजुराको बडिमालिका नगरपालिकामा पनि एमालेबाट दलित वडा सदस्यमा लुती नेपाली निर्विरोध भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार