३१ जेष्ठ २०८३, आइतबार

सानो भए पनि मेरो खरले



सानो भए पनि मेरो खरले
सानो भए पनि मेरो खरले छाएको झुपडी छ
दिन बिताएको छु यसैमा वर्षातमा चुहिएर भिजेको छु

मलाई दुःखी भएर समस्यामा पर्दा हेर्ने कोही छैन्
सबैलाई आफन्त सम्झे मैले,दुःख पर्दा कोही छैन्
अनेक यातना पाए पनि बाच्नलाई सङ्घर्ष गर्नुपर्दारहेछ
गरिबिको चोटले यो मन रुवाउदो रहेछ
धनीहरुलाई चौरासी व्यन्जन,अनेक परिकारहरु पाकिरहन्छन्
गरिबिले एक गास पनि पाएको छैन मैले खान
धनी ठूला ठूला महलमा निद्रामा छटपटाएर निदाउछन्
मेरो निद्रा यो झुपडीमा अनेक सपनाहरु देखिन्छन्

को छ र सोध्ने गरिबको यो संसारमा
परिवर्तनको नारा लगाउनेहरुले सीमित राखे नारामा

दिपायल सिलगढी नपा-२ दिपायल डोटी


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार