१८ बैशाख २०८१, मंगलवार

किशोरकिशोरीहरुलाई जलबायू परिवर्तन र लैगिंकता बारे अभिमुखिकरण आवश्यक




किशोरकिशोरीहरुलाई जलबायू परिवर्तन, जलवायू परिवर्तनको प्रभाव, लैगिंकता, यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्वन्धि अभिमुखिकरण अभियान जरुरी छ ।

किशोरावस्था शारिरीक र मानसिक दुवै हिसाबले सम्वेदनशिल उमेर समुह हो । किशोरावस्था यौन अंगहरुमा बदलाव आउने र मानशिक रुपमा आफ्ना यौन अंगहरु प्रति जिज्ञासु हुने उमेर समुह पनि हो ।

यो उमेर समुह सिकाईका हिसाबले पनि बढी सम्वेदनशिल उमेर समुह हो । यस उमेरसमुहका किशोर किशोरीहरुलाई कुनै पनि सूचनाले छिट्टै प्रभावित पार्ने गर्दछ । फलस्वरुप उनीहरुले भावनात्मक निर्णय गर्ने गर्दछन् । उनीहरुले गर्ने त्यस्ता निर्णयहरु कतिपय अप्रिय पनि हुने गर्दछन् ।

हाम्रो समाजमा यौन तथा प्रजनन स्वास्थ्य अधिकारका बिषयहरुलाई खुल्ला छलफल र बहसको बिषय बनाईदैन । यस बिषयलाई लाजको विषय वा गोप्य कुराको रुपमा लिईन्छ । यसकारण किशोरकिशोरीहरुले यौन तथा प्रजनन स्वास्थ्यको बिषयमा सही सूचना प्राप्त गर्न सक्दैन ।

फलस्वरुप अनाधिकृतरुपमा विभिन्न माध्यमबाट प्राप्त गलत सूचनाका कारण कम उमेरका किशोरकिशोरीहरु बालविवाह तथा अशुरक्षित गर्भपतनको शिकार हुन परिरहेको छ ।

यसका अलवा, जलबायू परिवर्तन र यसले निम्त्याएका जोखिमहरुबाट पनि किशोरकिशोरी अनभिज्ञ रहेको पाईएको छ । जलवायू परिवर्तनका कारण श्रृजित विपद्हरुबाट उनीहरु प्रत्यक्ष प्रभावित भएका छन् ।

त्यसैले उरोक्त बिषयहरुलाई समेटेर धनगढी नगरपालिका वडा नम्बर १५ र १७ साथै चुरे गाउपालिका वडा नम्बर १ र ४ मा रहेका कम्तीमा १०० किशोरकिशोरीहरुलाई जलबायू परिवर्तन, जलवायू परिवर्तनले किशोरकिशोरी, महिला आदीमा पारेको प्रभाव, लैगिंकता, यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सम्वन्धि जानकारी दिने उद्देश्यले फाया नेपालले आईपास नेपालको साझेदारीमा अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको छ ।

यसै उद्देश्य अनुरुप पहिलो चरणमा यहि असार ३ र ४ गते धनगढी उपमहानगरपालिका वडा नम्बर १५ मा रहेका ६ जना किशोर र १९ जना किशोरी गरी २५ जनालाई दुई दिने अभिमुखिकरण दिने कार्य सम्पन्न भएको छ ।

डाँगी फाया नेपाल कैलालीका कार्यक्रम संयोजक हुन

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार