५ कार्तिक २०८१, सोमबार

दुई नम्बर प्रदेशको निर्वाचन सर्‍यो



काठमाडौं । सत्तारुढ दल र राष्ट्रिय जनता पार्टीबीच दुई नम्बर प्रदेशको निर्वाचन सार्ने सहमति भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार भएको बैठकमा दुई नम्बर प्रदेशको निर्वाचन तेस्रो चरणमा गर्ने सहमति भएको मा‌ओवादी केन्द्रकी प्रवक्ता पम्फा भूसालले जानकारी दिइन् । निर्वाचन सरेकोबारे सरकारले औपचारिक निर्णय गर्न भने बाँकी छ ।
प्रवक्ता भूसालका अनुसार तेस्रो चरणको निर्वाचन कहिले गर्ने भन्नेबारेमा निर्वाचन आयोगसँग परामर्श गरेर सरकारले तोक्ने छ । सरकार र आयोगबीच बिहीबारै दिउँसो तीन बजे छलफलको कार्यक्रम छ ।
त्यस्तै बैठकमा असार १४ गतेको लागि तोकिएको उम्मेदवारी मनोनयन दर्ताको समय केही दिन पर सार्ने निर्णय पनि भएको प्रवक्ता भूसालले जानकारी दिइन् ।
अब असार १४ गते प्रदेश १, ५ र ७ मा निर्वाचन हुनेछ । यसअघि वैशाख ३१ गते प्रदेश ३, ४ र ६ को निर्वाचन भएको थियो ।

(इकान्तिपुर)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार