६ कार्तिक २०८१, मंगलवार

धनगढीमा काँग्रेसबाट वड निश्चित



धनगढी । धनगढी उपमहानगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेसका तर्फबाट नृप वडले उम्मेदवारी पाउने लगभग निश्चित भएको छ । उनी नेपाली काँग्रेस धनगढी उपमहानगरपालिकाका सभापति हुन् ।
उपमहानगरपालिकाको प्रमुख पदको उम्मेदवारीको दौडमा नगर सभापति वड र महाधिवेशन प्रतिनिधि कृष्ण महराबीच तीब्र प्रतिस्पर्धा रहेको थियो ।
काँग्रेस विश्वस्त स्रोतका अनुसार सोमबार काँग्रेसका केन्द्रीय पदाधिकारीहरूको बैठकमा वडलाई उपमहानगरपालिका प्रमुख पदको उम्मेदवार बनाउने सहमती भएको थियो । यद्यपि, उम्मेदवारीको आधिकारिक घोषणा एकदुई दिनपछि मात्रै हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार