२१ मंसिर २०८२, आईतवार

घोडाघोडी नगरपालिकालाई प्रशंसापत्र



सुखड/ प्रहरी प्रधान कार्यालयले समुदाय प्रहरी साझेदारीका समिति निर्माण तथा समुदाय र विद्यालय केन्द्रित कार्यक्रमहरुको कार्यान्वयमा उदाहरणीय कार्य गरेकोमा घोडाघोडी नगरपालिकालाई प्रशंसापत्र प्रदान गरेको छ ।
इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक हरिश शरण भट्टले बुधबार एक कार्यक्रमबीच घोडाघोडी नगरपालिका प्रमुख ममता प्रसाद चौधरीलाई सो प्रशंसापत्र हस्तान्तरण गरे ।
प्रशंसापत्रमा “समुदाय प्रहरी साझेदारीले आमनागरिकहरूमा प्रहरी र स्थानीय सरकारप्रति विश्वास र सुशासनको भरोसा अभिवृद्धि गर्न सफल भएको” उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार