१८ पुष २०८१, बिहीबार

प्रथम मुख्यमन्त्री कपको खर्च दुई करोड १४ लाख (खर्च विवरण सहित)



धनगढी । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रथम मुख्य मन्त्री कप खेलकुद प्रतियोगिताको खर्च सार्वजनिक गरेको छ ।
आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले दुई करोड १४ लाख ३९ हजार चार सय ९७ रुपैया ८२ पैसा खर्च भएको जनाएका हुन् । सुदूरपश्चिम प्रदेश सरकारले सो प्रतियोगिताका लागि दुई करोडा ४९ हजार रुपैयाँ छुट्याएको थियो ।
मन्त्री सुवेदीले मुख्यमन्त्री कपबाट अन्य प्रदेशका विशिष्ट व्यक्ति र खेलकुद क्षेत्रका व्यक्तित्वहरुसंग भाइचारा बृद्धि, खेलकुको माध्यमबाट सुदूरपश्चिम प्रदेशको पर्यटन क्षेत्रको प्रचार प्रसार भएको, धनगढीमा रहेका खेलकुद संरचनाहरुको मर्मत सम्भार भएको, सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कपको विजेता भएकाले खेलकुद क्षेत्रमा प्रदेशको प्रतिष्ठान बढेको र सांस्कृति झाँकी मार्फत् प्रदेशको संस्कृति प्रबद्र्धनमा टेवा पुगेको लगायतका उपलब्धी भएको बताए ।
फागुन २९ देखि चैत ३ गतेसम्म धनगढीमा क्रिकेट, ब्याटमिन्टन र भलिबल (महिला र पुरुष) र फुटबल (पुरुष मात्रै) खेल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार