२० बैशाख २०८३, आइतबार

फरार अभियुक्तलाई गोली प्रहार गरी पक्राउ



धनगढी ।  कैलालीको जिल्ला अदालत परिसरबाटै फरार अभियुक्तलाई प्रहरीले गोली प्रहार गरी आज पक्राउ गरेको छ।लम्की बस्ने दिल्प दमाईलाई गाेली प्रहार गरी कैलालीकाे बेलीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख आभुषण तिमिल्सेनाले जानकारी दिए।

जबरजस्ती करणी मुद्दाका आरोपी उनलाई म्याद थपका लागि मंगलबार जिल्ला अदालत ल्याइएको बेला त्यहीँबाटै भागेका थिए।

यसअघि उनी इलाका प्रहरी कार्यालय लम्कीको थुनामा थिए।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार