१४ कार्तिक २०८१, बुधबार

बलात्कार मुद्दामा पक्राउ परेका अभियुक्त अदालतबाट फरार



धनगढी । जजरजस्ती करणी मुद्दामा म्याद थपका लागि कैलाली जिल्ला अदालत धनगढीमा ल्याइएका अभियुक्त अदालत परिषरबाट फरार भएका छन् ।

ईलाका प्रहरी कार्यालय लम्कीले मंगलबार दिउँसो दुई बजेतिर अदालत ल्याएका अभियुक्त लम्कीचुहा नगरपालिकाका २३ बर्षीय दिल्प दमाई फरार भएका हुन् । उनी अदालत परिसरबाट हड्कडी लगाएकै अवस्थामा फरार भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय लम्कीले सोमबार दमाईलाई पक्राउ गरी प्रहरी नायव निरीक्षक जनक सिंहको नेतृत्वमा म्याद थपका लागि जिल्ला अदालय ल्याएको थियो । फायल अदालतमा पेस गर्ने क्रममा उनी हड्कडी लगाएकै अवस्थामासँगै रहेका प्रहरीलाई छलेर भाग्न सफल भएको प्रहरीको भनाई छ ।
फरार दमाईको खोजबिनका लागि प्रहरी परिचालन गरी खोजकार्य तिव्र पारिएको र कैलाली प्रहरी प्रमुख प्रहरी उपरीक्षक आभुषण तिमिल्सेनाले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार