१३ पुष २०८२, आईतवार

धनगढी प्रिमियर लिग दुई दिन सर्‍यो



धनगढी । शनिबार फाप्ला मैदानमा हुने भनिएको धनगढी प्रिमियर लिग डीपीएलको तेस्रो संस्करण वर्षाका कारण दुई ढिनपछि सरेको छ ।

वर्षाका कारण मैदानमा खराव भएकाले खेल दुई दिनका लागि पछि सारेको आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले जनाए । शुक्रबार साँझ भएको टीम मालिक, कप्तान, प्राविधिक र आयोजकहरुको बैठकले प्रतियोगिता सोमवारदेखि सुरु गर्ने निर्णय गरेको शाहीले जनाए ।
यसअघि, शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गरी प्रतियोगिता नभएपछि उद्घाटन कार्यक्रम भने हुने जनाएको छ । आयोजकले शुक्रबार लिगको तेस्रो संस्करणको ट्रफी पनि सार्वजनिक गरेको छ ।

प्रतियोगिताका सद्भावना दुत जोन्टी रोड्स र धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले संयुक्त रुपमा प्रतियोगिताको ट्रफी सार्वजनिक गरे । ट्रफी सार्वजनिक कार्यक्रममा वाल विवाह विरुघको अभियानमा पनि हस्ताक्षर गरिएको छ । सहभागी टीमका कप्तान खेलाडी मालिकहरुले वाल विवाह विरुद्धको अभियानमा हस्ताक्षर गरेका हुन् । लिग अवधिमा सामाजिक अभियान भनेर वल्र्ड भिजनसँगको सहकार्यमा वाल विवाह विरुद्धका विभिन्न जनचेतनामुलक कार्यक्रम पनि गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार