१४ कार्तिक २०८१, बुधबार

नगर प्रमुख विरुद्धको उजुरी खारेज



बैतडी । बैतडीको दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापा विरुद्ध परेको रिट उच्च अदालत दिपायलको इजलास महेन्द्रनगरले खारेज गरेको छ । अदालतका मुख्य न्यायाधीश पवनकुमार शर्माको एकल इजलासले रीट खारेज गरेको थापाका तर्फबाट बहसमा सहभागी अधिवक्ता गंगाराम पाध्यायले जानकारी दिए ।

निवेदकले उल्लेख गरेका कुराहरुको प्रमाण नपुगेकाले रिट खारेज भएको अदालत श्रोतले जनाएको छ । २०७४ असार १४ गते भएको निर्वाचनको मतगणनामा धा“धली भएको भन्दै थापा विरुद्ध राप्रपाका उम्मेदवार पुष्करराज जोशी लख्खाभाईले उच्च अदालतमा रिट दायर गरेका थिए ।
अदालतले मतगणना प्रक्रियागत भएको, मुचुल्का तथ्यका आधारमा भएको र निर्वाचन ऐन २०७३ को दफा ५२ अनुसार रिट निवेदनको रित नपुगेको भन्दै मुद्दा खारेज भएको हो । दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाले निर्वाचनमा तीन हजार सात सय ६२ मत पाएका थिए भने उनका निकटतम प्रतिद्वन्दी पुष्करराज जोशी लख्खाभाइले तीन हजार सात सय मत पाएका थिए । जोशीले थापा विरुद्ध २०७४ असार २० गते मुद्दा दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार