४ पुष २०८२, शुक्रबार

संसदीय टोलीद्वारा काडामान्डौ घटनाको स्थलगत अध्ययन



डोटी । छाउपडी प्रथाको असर र चुनौतिको सम्बन्धमा अध्ययन गर्न गठित संघीय सांसदहरुको टोलीले डोटीको काडामान्डौ घटनाको स्थलगत अध्ययन गरेको छ ।

घटना भएको भनिएको घर ।

बाजुराको बुढीनन्दा नगरपालिका वडा नं ९ अगाउँपानीमा न्यानोका लागि बालेको आगोकाे धुवाँले निसास्सिएर छाउगोठमा मृत्यु भएका आमा सहित २ बालकको मृत्यु भएको घटनाको विषयमा अध्ययन गरी बाजुराबाट फर्कने क्रममा संसदीय टोलीले डोटीको काडामान्डौ घटनाको पनि आइतवबार स्थलगत अध्ययन गरेको हो ।
डोटीको पुर्वीचौकी गाउँपालिकास्थित काडामान्डौको बोगटीगाउँमा गत बुधबार राति महिनवारी भएकी २१ वर्षिया पार्वती बोगटीको घरको भुईतलामा सुतीरहेको समयमा न्यानोको लागि बालेको आगोको धुवाँले निसास्सिएर ज्यान गएको थियो ।
प्रतिनिधि सभा महिला तथा सामाजिक बिकास समिति अन्तर्गतको उपसमितिका संयोजक गणेशसिंह ठगुन्नाको नेतृत्वमा रहेको टोली काडामान्डौको बोगटीगाउँ पुगी मृतकका आफन्त र छिमेकीहरु छलफल गरेको बताईएको छ । टोलीमा रहेका सांसद लालबहादुर थापाले दिएको जानकारी अनुसार महिनाबवारी भएको समयमा घरकै भुईतलामा सुत्न गएकी पार्वती बोगटीको धुवाँले निसास्सिर ज्यान गएको देखिन्छ । सांसद थापाले भने – “भुईतला भने पनि चिसो, अध्यारो र अप्ठ्यारो कोठा रहेछ, हामीलाई भित्र गएर एक छिन फोटो खिच्न पनि गाह्राे भयो ।” संसदीय समिति अध्यायन प्रतिवेदनलाई अन्तिम रुप दिने तयारीमा रहेको हुँदा धेरै कुरा प्रतिवेदन आउने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार