१८ बैशाख २०८१, मंगलवार

रुस्लान डीपीएल–३ : खेल तालिका सार्वजनिक



धनगढी । धनगढीमा आगामी २६ गतेदेखि सञ्चालन हुने रुस्लान धनगढी प्रिमियर लिग–३ (डिपिएल) को खेल तालिका सार्वजनिक गरिएको छ । धनगढी क्रिकेट एकेडेमी (डीसीए) को आयोजनामा सञ्चालन हुने डीपीएल–३ आगामी फागुन ११ गतेसम्म चल्ने छ । डीपीएल–३ मा मुलुकका छ वटा सहरको प्रतिनिधित्व गर्ने टोली सहभागी हुने छन् । आयोजक डीसीएका अनुसार यस पटक धनगढी स्टार्स, सीवाईसी अत्तरिया, काठमाडौं गोल्डेन्स, रुपन्देही च्यालेन्जर्स, बिराटनगर किंग्स र र महेन्द्रनगर युनाईटेड रहेका छन् ।
नेपालको सर्वाधिक पुरस्कार राशीको क्रिकेट प्रतियोगिताका रूपमा रहेको डीपीएललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले समेत मान्यता दिइसकेको छ । डीपीएलमा सहभागी हुने टोलीले अक्सन प्रक्रियाबाट खेलाडी छनोट गरिसकेका छन् । डीपीएलका प्रत्येक टिमले अक्सनबाट १२ खेलाडी, एक जना रणनीतिक खेलाडी र दुई विदेशी गरी १५ जना खेलाडी आवद्ध गरेका छन् ।

डीपीएल–३ को खेल तालिका
शनिबार सार्वजनिक गरिएको खेल तालिका अनुसार डीपीएल–३ को उद्घाटन खेल करन केसी रणनीतिक खेलाडी रहेको बिराटनगर किंग्स र सोमपाल कामीको धनगढी स्टार्सबीच हुने छ ।
डीपीएल–३ १५ दिन सञ्चालन हुने छ । प्रतियोगिताको फाइनल खेलको अघिल्लो दिन च्यारिटी खेल आयोजना गरिएको डीसीएले जनाएको छ ।
उद्घाटन खेल बाहेक प्रतियोगिताको पहिलो चरणमा हरेक दिन दुई खेल हुने जनाइएको छ ।
त्यस्तै, समूह चरणका अन्तिम दुई खेलसँगै दुई क्वालिफायर, एलिमिनेटर र फाइनल खेल छुट्टाछुट्टै दिन खेलिने छन् । समूह चरणको शीर्ष चार टोली अर्को चरणमा प्रवेश गर्ने छन् । भने, अंक तालिकाको पहिलो दुई स्थानमा रहने टोलीले पहिलो क्वालिफायर खेल खेल्नेछन् । क्वालिफायरको विजेताले सोझै फाइनल प्रवेश गर्ने र पराजित टोलीले अंक तालिकाको तेस्रो र चौथो हुने टोलीबीचकोे एलिमिनेटर बिजेतासंग फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार