१५ पुष २०८१, सोमबार

पहुँचका आधारमा योजनाको अन्त्य जरुरीः मुख्यमन्त्री भट्ट



धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विकास गर्ने भन्दा पनि पहुँचका आधारमा योजना छनौट हुने गरेको बताएका छन् ।

बिहिबार धनगढीमा अावधिक याेजनाबारे छलफललार्इ सम्बाेधन गर्दै उनले प्रदेशको द्रुत विकासका लागि राजनीतिक पहुचका आधारमा योजना छनोट गर्ने परिपाटीको पूर्ण रुपमा अन्त्य हुनुपर्ने बताका हुन् ।
बिहिबार राष्ट्रिय योजना आयोगले आयोजना गरेको पन्ध्रौ योजना आधारपत्रसम्बन्धी प्रादेशिक परामर्श बैठकमा मुख्यमन्त्री भट्टले ‘पहु“चको आधारमा योजना बा“डिने गरेका कारण सुदूरपश्चिम पिछिडिएको छ ।’ उनले जनताको माग र अपेक्षा अनुसार योजना छनौट हुनुभन्दा पहु“चका आधारमा योजना छनौट हुने भएकाले जनताका समस्या समाधान हुन नसकेको बताए ।
बिगतका दिनमा पनि सुदूरपश्चिमबाट बिभिन्न राजनीतिक नेतृत्व गरेका व्यक्ती भए पनि योजना छनौट गर्ने प्रक्रिया नै गलत भएकाले सुदूरपश्चिमका योजना नसमेटिएको उनले बताए । मुख्यमन्त्री भट्टले बिगतमा जस्तै कोठामा बसेर योजना छनौट नगरी जनस्तरमा पुगेर जनताका माग सम्बोधन हुने गरी योजना बन्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार