सकारात्मक परिवर्तनका लागि क्रान्तिको आवश्यक : प्रवक्ता प्रकाण्ड (भिडियोसहित)
धनगढी । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्कप्रसाद विश्वकर्म (प्रकाण्ड) ले राष्ट्रको स्वाधिनता र मुक्तिका निम्ती सच्चा लोकतान्त्रिक कम्युनिष्ट हुनुपर्ने बताएका छन् । बुधबार धनगढीमा १२५ औं माओ दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी सेती–महाकाली संयुक्त ब्युरोको विशाल जनसभाको उद्घाटन गर्दै प्रवक्ता प्रकाण्डले देशमा सकारात्मक परिवर्तनका लागि क्रान्तिको आवश्यकता रहेको बताए । “क्रान्ति भनेको जनताको अधिकार, न्याय, जनताको समानता, जनताको व्यवस्थापन हो” उनले भने, “अहिलेसम्म क्रान्तिको नेतृत्व कसैले गरेनन्, त्यसैले नयाँ क्रान्तिको आवश्यक छ, यसमा सबै जनतामा आग्रह गर्दछु ।”
कार्यक्रममा पार्टीका पोलिट ब्युरो ओमप्रकाश पुनले नेपालमा वैज्ञानिक समाजवादी क्रान्ति आवश्यक रहेको बताए ।
कार्यक्रममा केन्द्रीय सदस्य बन्दु चन्दललयातले मन्तव्य व्यक्त गरेका थिए । सभाअघि पार्टीले धनगढी सशिद गेटादेखि खुल्ला मञ्चसम्म र्याली प्रदर्शन गरेको थियो ।