२ पुष २०८२, बुधबार

घरभित्रै महिलाहरूमाथि बढी हिंसा



धनगढी । आफ्नै घरपरिवार तथा आफन्तबाट महिलाहरू बढी सुरक्षित हुने गरेको एक तथ्यांकले देखाएको छ । ओरेक नेपालको वर्ष पुस्तक ‘अन्वेषी’ मा उल्लेख भएअनुसार बढिजसो घरेलु हिंसा घरपरिवारभित्रै तथा आफन्तहरूबाट हुने गरेका छन् ।
क्रियाशील पत्रकार महिलाको समन्वयमा ओरेक नेपाल कैलालीद्वारा बिहीबार धनगढीमा आयोजित पत्रकारहरूसँगको अन्तरक्रियामा महिलाहरू घरपरिवार तथा आफन्तहरूबाट बढी असुरक्षित हुने गरेको तथ्यांक सार्वजनिक गरियो ।
ओरेक नेपालका अनुसार कैलालीमा जनवरी २०१७ देखि डिसेम्बर २०१८ सम्म अभिलेखीकरण गरिएका महिला हिंसाका एक सय पाँच घटनामध्ये घरेलु हिंसाका ६१ वटा घटना (५८ प्रतिशत) रहेका छन् । यो अवधिमा मानव ओसारपसारका एक घटना भएका थिए भने नौ जना महिला बलात्कारको सिकार भएकी थिइन् । भने एक जना महिलामाथि बलात्कारको प्रयास भएको थियो ।
ओरेक नेपालको वर्ष पस्तक अनुसार यौन हिंसाबाट १४ जना महिला पीडित भएका छन् । त्यस्तै, सामाजिक हिंसाबाट नौ जना महिला पीडित भएका थिए । भने, बोक्सीको आरोपमा दुई जना महिला तथा बहुविवाहबाट सात जना महिला पीडित भएका थिए । यो अवधिमा एक जना महिलामाथि हत्याको प्रयास भएको ओरेकको वर्ष पुस्तकमा उल्लेख छ ।
ओरेक नेपालका केन्द्रीय सदस्य वसन्ती चौधरीले हिंसामा परेका धेरैजसो महिला आफ्नै घरपरिवार तथा आफन्तहरूबाट पीडित हुने गरेको तथ्यांकले देखाएको बताइन् ।
ओरेक नेपालको वर्ष पुस्तकमा सन् २०१७ देखि जुन २०१८ सम्म अभिलेखीकरण गरिएका देशभरीका महिला हिंसाका घटनामा घरपरिवार तथा आफन्तबाट भएका हिंसाको संख्या ६५ प्रतिशत रहेको उल्लेख छ ।
यो अवधिमा नेपालमा एक हजार सात सय ४१ वटा महिला हिंसाका घटनामध्ये घरपरिवार तथा आफन्तहरूबाट भएका हिंसामध्ये घरेलु हिंसाबाट एक हजार एक सय ४० महिला पीडित भएका थिए ।
ओरेक नेपालका अनुसार गत एक वर्षको अवधिमा भएका महिला हिंसाका घटनामा सामाजिक हिंसाका १७ प्रतिशत अर्थात् दुई सय ९५ घटना रहेका थिए ।
सो अवधिमा एक सय ३० जना महिला बलात्कारको सिकार भएका थिए । भने ३७ जना महिलामाथि बलात्कारको प्रयास भएको थियो । त्यस्तै, सो अवधिमा ७२ जना यौनिक हिंसाबाट प्रताडित भएका थिए । भने १३ जना महिलाको हत्या भएको थियो भने छ जना महिलामाथि हत्याको प्रयास भएको ओरेक नेपालको वर्ष पुस्तकमा उल्लेख छ ।
त्यस्तै, यो अवधिमा, ११ महिलाका बेचबिखन, १९ महिलाको बेचबिखनको प्रयास भएको पाइएको छ भने महिला हिंसाकै कारण १० जनाले आत्महत्या गरेका उल्लेख छ ।
त्यस्तै, महिलामाथि सबै भन्दा बढी आफ्नै श्रीमानबाट ५३ प्रतिशत नौ सय २९ महिला र घरपरिवारबाट १७ प्रतिशत दुई सय ९८ महिला हिंसापीडित तथ्यांकमा उल्लेखित रहेको छ । यता कैलालीमा पनि महिलाहरू आफ्नै घरपरिवार तथा आफन्तबाट अधिक हिंसामा पर्ने ओरेक कैलालीले पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार