१४ कार्तिक २०८१, बुधबार

दुर्घटनामा तीनको मृत्यु



टीकापुर । आइतबार राती कैलालीको टीकापुरमा भएका दुई वटा घटनामा परी ३ जनाको ज्यान गएको छ ।


टीकापुर नगरपालिकाको वडा नं ७ खैरीमा राती साढे ८ बजेतिर अनटेष्ट मोटरसाइकल डल्लपमा ठोक्किदा त्यसमा सवार टीकापुर वडा नं ७ बैदीका ३८ वर्षका जिवानन्द कोइराला र २७ वर्षका विष्णु रिमालको ज्यान गएको हो । उनीहरुलाई उपचारका लागि टीकापुर अस्पताल ल्याउदै गर्दा बाटैमा ज्यान गएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी सहायक निरीक्षक भानु बजगाईले जानकारी दिए । मोटरसाइकल चालक पवन पाण्डेको हात भाच्चिएको छ उनको कोहलपुर मेडिकल कलेजमा र अर्का घाइते डल्लप चालक बम्पर चौधरीको नेपालगञ्जमा उपचार भैरहेको छ । मोटरसाइकल चालक पवनका जिवानन्द मामा र विष्णु भिनाजु रहेको पारिवारिक श्रोतले जनाएको छ ।
यस्तै टीकापुर नगरपालिका वडा नं २ बन्दिपुरमा टायर पञ्चर भई रोकिराखेको ट्याक्टरको ट्रलीमा से ६ प १९४१ नं.को मोटरसाइकल ठोकिंदा मोटरसाइकल चालक अस्नेहरीका आशिष चौधरी घाईते भई उपचारका लागि कोहलपुर रेफर भएकोमा उहा“को पनि ज्यान गएको प्रहरीले जानकारी दिएको छ । मोटरसाइकलमा सवार महेन्द्र चौधरीको टीकापुर अस्पतालमा उपचार भएको छ ।
मृतक जिवानन्द र विष्णुको शब टीकापुर अस्पतालमा राखिएको छ भने चौधरीको शव पनि कोहलपुरबाट टीकापुर ल्याउन लागेको इलाका प्रहरी कार्यालय टीकापुरले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार