२ पुष २०८२, बुधबार

डडेल्धुरामा स्कूल बस दुर्घटना



डडेल्धुरा । डडेल्धुराबाट डोटी जाँदै गरेको स्कूल बस दुर्घटना भएको छ । केआई सिंह राजमार्ग अन्तर्गत डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको रडुवा खोलामा बस दुर्घटनामा भएको हो ।
डोटीको शिखर नगरपालिकाअन्तर्गत बानिडुग्रेसइनस्थित पीसजोन एकेडेमीको बस दुर्घटना भएको हो । मेला भरेर फर्किने क्रममा बस दुर्घटनामा परेको जनाइएको छ । बसमा करिब ४० जना सवार रहेको जनाइएको छ । बस सडकबाट करिब ३०० मिटर तल खोलामा खसेको जनाइएको छ ।
उद्दार कार्य चलिरहेकाले मृत्यु हुनेको संख्या हुनेको संख्या एकिन नभएको प्रहरीले जनाएको छ । घाइतेहरूको उद्दार गरी उपचारका लागि डडेल्धुरा सदरमुकामस्थित उपक्षेत्रीय अस्पताल पठाउने क्रम जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार