१४ कार्तिक २०८१, बुधबार

सुदुर पश्चिम एकता समाजको भेटघाट तथा सांस्कृतिक कार्यक्रम



भारत । सुदुर पश्चिम एकता समाजको चौथो भेटघाट तथा सांस्कृतिक कार्यक्रम बिहिबार सम्पन्न भएको छ ।
भारतको माहाराष्ट्र राज्य अन्तर्गतको पालघर जिल्लामा पर्ने बोइसरमा अवस्थित वन्जारी समाज हालमा भएको कार्यक्रमको अध्यक्षता समितिका अध्यक्ष टिकाराम महराले गरेका थिए भने प्रमुख अथिती जनसम्पर्क समितिका केन्द्रीय सांस्कृतिक सचीव खडक सिंह बम रहेका थिए ।
कार्यक्रममा कैलाली बहुमुखी क्याम्पसका पुर्व स्ववियु सभापती, अनेरा स्ववियुका पुर्व केन्द्रीय सदस्य, कानुनविद् तथा नेकपाका कैलाली जिल्ला कमिटी सदस्य डेजि पान्डे, अखिल भारत नेपाली एकता मन्चका केन्द्रिय सदस्य आर आर शर्मा, अखिल भारत नेपाली एकता मन्चका सदस्य तथा सुप एकता समाजका सल्लाहकार भिम खड्का, मुल प्रबाहका टंक कुवर, कैलाली बहुमुखी क्याम्पसका स्ववियु सदस्य ललित ओझा र जेष्ठ नागरिक खडक खड्का लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
समाजका सदस्य राजेन्द्र खड्काले स्वागत गरेको कार्यक्रमको सञ्चालन वरिस्ठ सदस्य तथा प्रवक्ता देवराज भट्टले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार