६ पुष २०८१, शनिबार

जेष्ठ नागरिकको हेरचाह सम्वन्धी कार्यशाला



धनगढी । जेष्ठ नागरिकको स्वास्थ्य तथा हेरचाह र सहायता सम्वन्धी एक दिने परिचयात्मक कार्यशाला शुक्रबार धनगढीमा भएको छ ।
नेपालमा समावेशी प्रकोप उत्थानशिल प्रयासहरुबाट जोखिमपूर्ण समूदायको पूर्व तयारी स्थिति निर्माण परियोजना अन्र्तगत हेल्पेज इन्टरनेशनलको सहयोगमा फाया नेपाल कैलालीद्धारा आयोजित सो कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा नम्बर १०, १५ र १८, गौरीगंगा नगरपालिकाका १ र ७ नम्बर वडा तथा गोदावरी नगरपालिकाका १ र १० नम्बर वडाका वडा प्रतिनीधि ज्येष्ठ नागरिक समूहका प्रतिनीधि र युवा क्लवका प्रतिनीधि गरेर ३१ जनाको उपस्थिति रहेको थियो ।
सो कार्यक्रमको उद्घाटन सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्य रतन थापाले गरेका थिए । फायाका कार्यक्रम निर्देशक धर्मराज पाठकको अध्यक्षतामा भएको कार्यक्रमको हेल्पेज इन्टरनेशनलका नेपाल प्रतिनीधि प्रदेशकिरण राई, प्रभातकिरण राई र मनोहर उप्रतीले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार