२ माघ २०८१, बुधबार

कोदो, मादुरो लोप हुने अवस्थामा



बैतडी । बैतडीको मध्य क्षेत्रमा कोदो, मादुरोजस्ता रैथाने अन्नबाली लोप हुन थालेका छन् । कोदो र मादुरोजस्ता अन्नबालीमा प्रशस्त मात्रामा पोषक तत्व पाइने भए पनि बाली लगाउने प्रचलन घटेको छ ।
केही वर्षअघिसम्म पनि सुदूरपश्चिमका पहाडी जिल्ला बैतडी, दार्चुला, डोटी, बझाङ र बाजुरालगायतका उच्चपहाडी तथा हिमाली भेगमा प्रशस्त मात्रामा कोदो र मादुरोको खेती गरिन्थ्यो । स्वास्थ्यका लागि निकै फाइदाजनक मानिने कोदो र मादुरो अहिले देख्न समेत कठिन हुने गरेको बैतडीको सूर्नया गाउँपालिका वडा नम्बर ३ का प्रेमसागर भट्ट बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार