‘इनिसियटिंग लोकल एनजिओज लेड पुल्ड फण्डिंग मेकानिजम’का लागि सुझाव संकलन
धनगढी । फाया नेपालले ‘इनिसियटिंग लोकल एनजिओज लेड पुल्ड फण्डिंग मेकानिजम’का लागि सुझाव संकलन गरेको छ ।
फाया नेपालले बिहिबार धनगढीमा एक कार्यक्रम आयोजना गरी ‘नियर क्यापासिटी बिउल्डिंग’ कार्यक्रम अन्तरगत सो सुझाव संकलन गरेको हो । कार्यक्रमका सहभागीहरुले सो मेकानिजम बनाउँदा कोष संकलन गरी वितरण गर्ने कानुनी मान्यता प्राप्त हुनुपर्ने सुझाव दिएका छन् । उनीहरुले सबै क्षेत्रले मान्य हुने मेकानिजम कमिटी बनाउनुपर्नेमा जोड दिए ।
अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुबाट बजेट आउँदा शुन्य दशमलव ४ प्रतिशत रकम मात्रै समुदायमा पुग्ने गरेको छ । सन् २०२० सम्म समुदायमा २५ प्रतिशत रकम पु¥याउने प्रतिवद्धता आईएनजिओहरुले गरेको भएपनि प्रतिबद्धता पुरा हुने लक्ष्यण अहिलेसम्म नदेखिएको फाया नेपालका धर्मराज पाठकले बताए ।
उनले यो मेकानिजम बनेमा स्थानीय गैरसरकारी संस्थाको सहज पहुँच हुने र लक्षित वर्गसम्म अधिकांश रकम पुग्न सक्ने बताए । स्थानीयस्तरमा नीजि क्षेत्रले लगानी गर्न चाहेको रकम कोषमा एकतृत गरेर सम्बन्धित क्षेत्रमा खर्च गर्ने उद्देश्यले सो मेकानिजम बनाउन सुझाव संकलन गरेको बताए ।
कार्यक्रममा विभिन्न गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता थियो । फाया नेपालका अध्यक्ष लोकराज भट्टको अध्यक्षतामा सम्पन्न कायैक्रममा पाठकले सो मेकानिजम सम्बन्धी प्रस्तुती गरेका थिए ।