२६ पुष २०८१, शुक्रबार

कृषक भलाईको वार्षिक सभा



फूलवारी । धनगढी उपमहानगरपालिका वडा नम्बर १९, फूलवारीस्थित कृषक भलाई सहकारी संस्था लिमिटेडको शनिबार १४ औं वार्षिक साधारण सभा भएको छ ।
साधारण सभाको प्रदेश सातका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले उद्घाटन गरिन् ।
सो अवसरमा मन्त्री चौधरीले किसानहरूलाई विउविजन उत्पादन तथा वितरणमा सरकारसँग समन्वय गरी काम गर्न आग्रह गरिन् ।
प्रदेश सभा सदस्य नेपालु चौधरीले धानको समर्थन मूल्य निर्धारण गर्न सरकारसँग माग गरे ।
कार्यक्रममा प्रदेश सभा सदस्य सुशीला बुढाथोकी, धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वड, वडा नम्बर १८ का अध्यक्ष मुरारी अधिकारी, कृषि सामग्री संस्थान, धनगढी प्रमुख दुर्गाप्रसाद पाण्डे, एसडब्ल्युआइका भक्तबहादुर खाती, नवप्रतीभा सहकारी संस्थाका अध्यक्ष डीएल भण्डारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम संस्थाका अध्यक्ष टंक बास्कोटाको अध्यक्षतामा भएको थियो ।
सो अवसरमा असल वचतकर्ता गोपी राना, असल ऋणी खिमबहादुर थापा, उत्कृष्ट बाल वचतकर्ता प्रार्थना खाती, उत्कृष्ट समूह वचतकर्ता शिवपार्वती कृषक महिला समूह तथा सफल उद्यमीका रूपमा बिष्णुप्रसाद जैशीलाई कदरपत्र प्रदान गरिएको थियो ।
साधारण सभामा संस्थाका व्यवस्थापक रुद्रप्रसाद पौडेलले आर्थिक वर्ष २०७४/०७५ को एक करोड ११ लाख २३ हजार पाँच सय ५१ रुपैयाँको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार