६ पुष २०८१, शनिबार

गाउँमा खोला पस्यो



बैतडी । बैतडीको डिलासैनी गाउँपालिका वडा नम्बर ३ मा वर्षाले बढेको खोला गाउँमा पसेको छ । वडा नम्बर ३ स्थीत कलदे खोला सोही स्थानको सिमार र तल्लो छेपट्टा गाउँमा पस्दा २२ घरहरू जोखिममा परेका छन् । खोलाको पानी घरभित्रै आउन थालेपछि स्थानीय घर बाहीर बसिरहेका वडा अध्यक्ष भरत बोहराले बताए ।
त्यस्तै, खोलाले करिब दुई सय रोपनी खेत बगरमा परिणत गरेको डिलासैनि वडा नम्वर १ का अध्यक्ष अक्कल बहादुर रानाले बताए । बाढीले खानेपानिका मुहान, पाइप तथा धारा समेत बगाईदिएपछि खानेपानीको समस्या भएको उनले बताए ।
बाढिले क्षति पुर्‍याएपछि जिल्ला प्रशासन कार्यालय, गाउँपालिका कार्यालय तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखालाई खबर गरेको वडा नम्बर ३ का अध्यक्ष बोहराले बताए ।
गाउँको माथिबाट पहिरो आइरहेकाले राति समेत पानी परेमा गाउँनै जोखिममा पर्ने स्थानीयको चिन्ता छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार