कैदीबन्दीको आन्दोलन स्थगित
डोटी । डोटी कारागारका कैदीबन्दीले शुरु गरेको आन्दोलन आइतबार साँझबाट स्थगित भएको छ ।
खानेपानी नपाएको भन्दै कैदीहरूले आइतबार बिहानैदेखि आन्दोलन गरेका थिए । कारागारमा कैदीका लागि छुट्टयाइएको खानेपानीको पाइपलाइन काटेर नजिकैका होटेल सञ्चालकले लगेको आरोपमा डोटी कारागारका कैदीले आन्दोलन सुरु गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता लालबहादु धामीले पानीको व्यवस्था मिलाएपछि कैदीको आन्दोलन स्थगित भएको बताए ।