२ माघ २०८१, बुधबार

महिला अधिकार हनन्का घटनामा बृद्धि



धनगढी । प्रदेश ७ मा महिला अधिकार हनन्का घटनामा बृद्धि भएको छ । अनौपोचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश कार्यालय धनगढीले पछिल्लो ६ महिनाको तथ्यांकमा महिला अधिकारका घटना बढी देखिएका हुन् ।
२०१८ जनवरीदेखि जुनसम्म भएका दुई सय ४५ मानव अधिकार हनन्का घट्नाहरुमा दुई सय नौ महिला अधिकार हनन्का घटना रहेको इन्सेक प्रदेश संयोजक खडकराज जोशीले धनगढीमा अन्तरक्रिया कार्यक्रम गरी जानकारी दिए ।
अघिल्लो बर्षको छ महिनामा तुलनामा झिनो मात्रामा सुधार भएको इन्सेकको तथ्यांकले देखाएको छ । अघिल्लो बर्ष दुई सय ४८ मानव अधिकार हनन्का घटना भएका थिए । यस बर्ष दुई सय ४५ मानव अधिकार हनन्का घटनामा दुई सय ४० गैर राज्यबाट र पाँच राज्यतर्फबाट मानव अधिकार हनन्का घटना भएका छन् ।
इन्सेकले गरेको अभिलेखमा यस प्रदेशमा सबै भन्दा बढी मानव अधिकारका हनन्का घटना कैलालीमा भएका छन । कैलालीमा ८७ घटना घटेका छन । ६ महिनाको अवधिमा सबै भन्दा बढी महिला अधिकार हनन्का घटना भएका छन् ।
बाल अधिकार हनन्का २० वटा घटना भएका छन् । त्यस्तै, जातिय विभेद्का पाँच, हत्या तीन, अमानवीय व्यवहार दुई र घाइते एक भएको इन्सेक प्रदेश कार्यालय धनगढीले जानकारी दिएको छ । विगत बर्षका भन्दा राज्य पक्षबाट सुधार भए पनि गैर राज्य पक्षबाट सुधार हुन नसकेको इन्सेक प्रदेश संयोजक जोशीले बताए ।
उनका अनुसार महिलाहरु विभिन्न प्ररम्परागत प्रथाका कारण बढी पीडित भएका छन । अन्तरक्रिया कार्याक्रममा राष्ट्रिय मानव अधिकार आयोग प्रदेश कार्यालयका प्रमुख दिपकध्वजजंग कार्कीले प्रदेश ७ मा मानव अधिकारको घट्नामा कुनै कमी आउन नसकेको बताए ।
महिलाहरु बलात्कार र छाउपडीप्रथाबाट बढी पीडित भएको बताए । ‘समाजमा जति सुकै चेतना भए पनि महिलाहरु नै पीडित भएका छन’, उनले भने, ‘यसका लागि प्रदेश सरकारले पनि बलियो नीति बनाउन आवश्यक देखिएका छ ।’
कार्यक्रममा कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी जनक भट्ट, कैलाली प्रहरी उपरिक्षक विनोद घिमिरे, कानुन व्यवसायी, संघ/संस्थाका पदाधिकारी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार