प्रदेश सातका जिल्लाहरूमा एचआईभीको संक्रमण दर घट्यो
डोटी । प्रदेश सातका जिल्लाहरूमा एचआईभीको संक्रमण घट्दै गएको तथ्यांक सर्वाजनिक भएको छ । राष्ट्रिय एचआईभी/एड्स तथा यौनरोग नियन्त्रण केन्द्र टेकुको सहयोगमा नेशनल ईन्सिच्युट फर डेभलपमेन्ट एण्ड रिचर्स प्रालि नामक संस्थाले प्रदेश सातका विभिन्न चार जिल्लाहरू गरेको एकीकृत जैविक तथा व्यवहारिक सर्वेक्षणका क्रममा सो तथ्यांक सार्वजनिक गरेको हो ।
प्रदेश सातका कैलाली, कञ्चनपुर, डोटी र अछाम जिल्लाहरूमा सर्वेक्षण गरिएको थियो । नेशनल ईन्सिच्युट फर डेभलपमेन्ट एण्ड रिचर्स प्रालिका अध्यक्ष तर्कराज भट्टका अनुसार कामको शिलशिलामा भारत जाने व्यक्तिका श्रीमतीमा सर्वेक्षण गरिएको थियो ।
सर्वेक्षणमा सहभागी कामदारका श्रीमतीहरूमा एचआईभी र यौनरोग भएको नभएको जांच गरिनुका साथै एचआईभी/एड्स र यौनरोगका सम्बन्धमा ज्ञान चेतना कस्तो छ भनेर अध्ययन गरिएको थियो । अध्यक्ष भट्टले भने– “यस क्षेत्रमा पछिल्लो अवधीमा एचआईभी/एड्स घट्दै गएको देखिएको छ । सर्वेक्षणका क्रममा एचआईभीको जाँच गरिनुका साथै यौन व्यवहार एचआईभी संक्रमणको अवस्थाको बारेमा समेत अध्ययन गरिएको थियो ।”
चार जिल्लाहरूमध्ये डोटीमा ८०, कैलालीमा एक सय २०, कञ्चनपुरमा एक सय ४० र अछाम ६० जना गरी चार सय जना कामका लागि भारत गएका कामदारका १६ वर्षमाथि उमेर समूहका श्रीमतिहरूलाई सर्वेक्षण गरिएको थियो ।
अध्यायनका क्रममा जाँच गरिएका महिलाहरूमध्ये कसैमा पनि एचआईभीको संक्रमण नरहेको पाइएको छ । यौनरोग भने अधिकांशमा देखा परेको थियो । अध्यायनका
जिल्ला स्वास्थ्य कार्यालय डोटीका निमित्त प्रमुख भुषण मिश्रका अनुसार जिल्लामा लामो समयदेखि एआरभी औषधि सेवन गरिरहेका एचआईभीको संक्रमितहरूको संख्या ठूलो भए पनि नयां एआईभी संक्रमितहरू पत्ता लाग्ने क्रम भने अघिल्ला वर्षहरूको तुलनामा न्यून छ । निमित्त प्रमुख मिश्रले भने– “सरकारी तथा गैरसकारी क्षेत्रबाट सञ्चालन भएका जनचेतनामूलक क्रियाकलापहरूका कारण पनि नयाँ संक्रमण दर कम भएको हो ।”