२८ पुष २०८१, आईतवार

घाइते यात्रीको निधन



बैतडी । बसले ठक्कर दिँदा गम्भीर घाइते भएका बैतडीको पाटन नगरपालिका ८ खालीडाँडाका ५० बर्षिय अम्बादत्त भट्टको मृत्यु भएको छ ।
बैतडी सदरमुकामवाट महेन्द्रनगरका लागी छुटेको ना ५ ख ४६६८ नं को बसले ठक्कर दिदा गम्भीर घाइते भट्टको बुधबार उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो ।
ठक्कर दिने बस र चालक कञ्चनपुर झलारीका दिल्लीराज पाण्डेयलाई प्रहरीले यसअघि नै नियन्त्रणमा लिईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार