१७ पुष २०८१, बुधबार

रैथाने बाली संरक्षण गर्न वीऊबैंक



बाजुरा । बाजुराका रैथाने बाली जोगाउन बुढिगंगा नगरपालिका वडा नम्बर ३ ताप्रिसेरामा रहेको हातेमालो कृषि सहकारी संस्थाले सामुदायिक बीउ बैंक स्थापना गरेको छ ।
समुदायमा आधारित कृषि तथा खाद्य सुरक्षा आयोजना (एफएओ) अन्तर्गत जिल्ला कृषि विकास कार्यालयले बाजुरामा उत्पादित धान, मकै, गहुँ, कोदो, फापर, जौं लगायतका खाद्य बालीको बीउ बैंक स्थापना गरेको हो ।
स्थानीयस्तरमा भएका तथा अन्य जिल्लाबाट बीउ संकलन नगर्ने गरी बैंक स्थापना गरिएको हातेमालो साना किसान कृषि सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित सामुदायिक बीउ प्रशोधन तथा भण्डारण केन्द्रले जिल्लामै बिउ उत्पादन गरेको छ ।
स्थापना भएको एक वर्षमै बाजुरा बुढिगंगास्थित हातेमालो सामुदायिक बीउ बैंकले लाखौको कारोबार गर्ने बताएको छ । यो सिजनमा ३ लाख भन्दा बढीको बीउ बिक्री हुने अनुमानित बैंक सञ्चालक कृषि सहकारी संस्थाका अध्यक्ष चरणसिंह भण्डारीले बताए ।
कृषकलाई उन्नत जातका सबैखाले बीउ उत्पादनमा कामका लागी २० लाख कृषि तथा खाद्य आयोजनाको अनुदान र १० लाख स्थानीयको जनश्रमदानबाट सञ्चालन भएको बैंकले उन्नत जातका मकै, धान जौ र गहुँको बीउ उत्पादन गरिरहेकोमा गत वर्ष बेमौसमी तरकारी र अन्य बालीको समेत बीउ उत्पादन र प्रवद्र्धन गर्न थालेको छ । जिल्ला कृषि विकास कार्यालयले गठन गरेका बीज वृद्धि समूह र सहकारीले सञ्चालन गरेका समूहरूले ‘बैंक समूह बाहिरका कृषकहरूलाई पनि बीउ उत्पादनमा सहयोग गरिरहेको छ ।’ जिल्ला कृषि विकास कार्यलयले बताएको छ ।
“बजारको समस्या नहुनु र राम्रो मुनाफा हुने भएकाले पनि बीउ उत्पादन गर्ने कृषकको संख्या बढिरहेको छ ।” सहकारीसँग नजोडिएका ग्रामीण कृषक समूहरू पनि बीउ उत्पादनमा लागेका छन् । जिल्लामा अनुमानित ३ देखि ५ सय हेक्टरमा बीउ उत्पादन भइरहेको छ । आधुनिक तरकारी खेतीसँगै बीउ उत्पादनमा वृद्धि भएपछि जिल्लाका विभिन्न ठाउँमा बीउ बैंक खोलिएका छन् । “मुनाफाका लागि व्यवसाय गर्न बैंक सुरु गरिएको होइन” स्थानीयको भनाई छ । कृषकका लागि पनि सजिलो भएको छ, ताप्रिसेराका अगुवा तरकारी कृषकले बैंक स्थापनापछि सुरक्षित बीउ सहज तरिकाले पाइन थाले, कृषकहरूको उत्पादन खरिद पनि गर्ने र कृषकले मूल्य पाउने भएकाले बीउ उत्पादनमा कृषक आकर्षित भएका छन् । उन्नत जातका बीउसँगै परम्परागत बीउ बिजनको संरक्षणमा समेत बैंकले ठूलो भूमिका निर्वाह गर्नुपर्ने जिल्ला कृषि विकास कार्यालयकी सबिता जोशीले बताइन् ।
“मागअनुसार बीउ निर्यात गर्न सक्छौं” अध्यक्ष भण्डारीले भने– “उत्पादन गर्ने कृषकको संख्या र परिणाममा पनि निकै वृद्धि भएको छ ।” जिल्लाभरि बीउ उत्पादन गर्ने कृषकहरूको संख्या निकै बढेपछि अन्य क्षेत्रमा पनि सहकारीमार्फत सामुदायिक बीउ बैंक या शाखा बैंक खोलिएका छन् जिल्लाको स्वामीकात्तिक गाउँपालिका लगायतका क्षेत्रमा बिउ बैकं स्थपना गरि जिल्लालाई बिउका लागि आत्म निर्भर बनाउनुका साथै भोक मरी मुक्त बनाउन सकिने भएको जिल्ला कृषि विकास कार्यालय बाजुराले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार