सांसद तामाङ दुर्घटनामा
धनगढी। नेकपा (एमाले) कञ्चनपुरका अध्यक्ष तारा लामा तामाङ अाज साँझ ५ बजे सडक दुर्घटनामा परेका छन्। उनलाई उपचारका लागि जहाजबाट काठमाडौं लगिएकाे छ।
सात नम्बर प्रदेश सभाका सांसद समेत रहेका तामाङलाई से ५ प ५०९१ नम्बर मोटरसाइकलले ठक्कर दिँदा बायाँ खुट्टामा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले बताए। तामाङ धनगढी उपमहानगरपालिका वडा नम्बर १ स्थित नयाँबजारको बेल्सक्याफे नजिक दुर्घटनामा परेको बताइएको छ।
प्रदेश सातको संसदका एमालेका प्रमुख सचेतक समेत रहेका तामाङलाई ठक्कर दिने २५ वर्षिय शैलेन्द्र कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। तामाङले रिक्सा बोलाइ रहँदा मोटरसाइकलले ठोकेको थियो।