७ पुष २०८१, आईतवार

जनताको सर्वाेत्तम हीतलाई ध्यान दिन्छु : शाह



धनगढी । प्रदेश नम्बर ७ का आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाहले अहिलेको पुस्ताले नै मुलुक र प्रदेश बनाउने अभिभारा पुरा गर्नुपर्ने बताएका छन् ।
‘हाम्रो प्रदेशको आर्थिक समृद्धिका लागि कोही कतैबाट आएर काम गर्ने होइन्’ सोमबार धनगढीमा पत्रकारहरूसँगको भेटघाटमा मन्त्री शाहले भने– ‘अब हाम्रो स्थिरता र समृद्धिको यात्रामा कोही कसैले पनि रोक्नसक्ने तागत राख्दैन ।’
मन्त्री शाहले प्रदेशभित्र अपराधिक गतिविधि नियन्त्रण गर्न तथा सुशासन प्रवद्र्धन गर्न सरकार तथा समाजका सबै पक्षबीचको समन्वय र सहकार्यलाई झन् बलियो बनाउने बताए ।
शक्तिको दुरुपयोग, अनुचित दवावमा काम गर्ने तथा भावनामा बगेर निर्णय गर्ने प्रवृत्तिको आफू घोर विरोधी भएको चर्चा गर । भने– ‘यो प्रदेशका जनताको सर्वोत्तम हीतलाई दृष्टिगत गरेर काम गर्नेमा म प्रतिवद्ध छु ।’
सञ्चार विभागको समेत जिम्मेवारी सम्हालीरहेका मन्त्री शाहले स्थानीय सञ्चारमाध्यमको संरक्षण तथा संवद्र्धनका लागि प्रदेश सरकारले ठोस नीति बनाउने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्यहरू मनमोहन स्वाँर, कर्ण शाह, प्रकाशविक्रम शाह लगायतले पत्रकारको सुरक्षा र मिडियाको अवस्थाबारे चर्चा गरेका थिए । त्यस्तै, पत्रकारहरू मीन ठकुरी, हिमाल जोशी, हिक्मत रावल, लोकेन्द्र विष्ट, गोविन्द रोस्यारा, हरि जोशी, सीताराम ओझा लगायतले ७ नम्बर प्रदेशका अपराधका घटना न्यूनीकरण गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार