१४ कार्तिक २०८१, बुधबार

ईश्वरीगंगा धाममा कुम्भमेला शुरु



बैतडी । बैतडीको ईश्वरीगंगा धाममा मंगलबारदेखि सुरु भएको कुम्भमेला तथा महारुद्री यज्ञमा दर्शनार्थीहरूको घुँइचो लाग्न थालेको छ ।
प्रत्येक १२ वर्षमा लाग्ने कुम्भमेलामा दर्शनार्थीहरुको भीड लाग्न थालेको ईश्वर रामनाम समिति ईश्वरीगंगाका अध्यक्ष कर्णबहादुर चन्दले बताए । ईश्वरीगंगा धामको महिमाका बारेमा सबैलाई जानकारी गराउने र समाजमा आध्यात्मिक चिन्तनका माध्यमबाट शान्ति स्थापना गर्ने उद्देश्य सहित कुम्भमेलाको आयोजना गरिएको उनले बताए ।
२०४० सालदेखि कुम्भमेला सुरु भएको ईश्वरीगंगा धाममा चौथोपटक कुम्भमेला लागेको छ । रुद्राभिषेक सहित आरम्भ गरिएको कुम्भमेलामा आज कलशयात्रा गरिने जनाइएको छ । कुम्भमेलाको आगामी ६ गते समापन गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार