२ माघ २०८१, बुधबार

प्रदेश प्रमुख मल्लद्धारा मुख्यमन्त्रीको दावी पेश गर्न आव्हान



धनगढी । सात नम्वर प्रदेशका प्रमुख मोहनराज मल्लले नेपालको संविधान २०७४ को धारा १६८ को उपधारा २ वमोजिम मुख्यमन्त्री पदमा नियुक्त हुनका लागि फागुन ४ गते दिउँसो ११ बजेसम्म दावी पेश गर्न आब्हान गर्नु भएको छ । ्
सो धारा अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थन स्पष्ट देखिने गरेर मुख्यमन्त्रीको पदमा नियुक्त हुन प्रदेश प्रमुख समक्ष दावी प्रस्तुत गर्नुपर्दछ ।
प्रदेश प्रमुखको कार्यालय प्रदेश नम्वर ७ ले बुधबार विहान जारी गरेको विज्ञप्ति अनुसार संविधानको धारा १६८ को उपधारा १ बमोजिम प्रदेश सभामा प्रतिनीधित्व गर्ने कुनै पनि दलको स्पष्ट वहुमत रहेको नदेखिएकोले धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आव्हान गरिएको हो ।
निर्बाचन आयोगले माघ ५ गते दिएको निर्बाचन परिणाम अनुसार फागुन ५ गते ३० दिनभित्र प्रदेश सरकार गठनको संवैधानिक समयसीमा सकिने भएपछि प्रदेश प्रमुखले सो विज्ञप्ती जारी गरेको बताइएको छ । सकेसम्म संवैधानिक समयसीमा सकिनुको एक दिन पहिले नै मुख्यमन्त्री नियुक्त गर्न सकियोस भन्ने मनशायले विज्ञप्ती जारी गरिएको स्रोतको दावी छ ।
बामगठवन्धनका प्रमुख घटक नेकपा (एमाले) कैलालीका जिल्ला अध्यक्ष तथा प्रदेशसभाका सांसद दीर्घबहादुर सोडारीका अनुसार आजै मुख्यमन्त्रीको नियुक्तीका लागि हस्ताक्षर गरेर प्रदेश प्रमुखलाई वुझाइने छ ।
२५ सांसद रहेको एमालेका २४ र माओवादी केन्द्रका १४ सांसदले सांसद त्रिलोचन भट्टलाई मुख्यमन्त्री बनाउने माग गर्दै हस्ताक्षर बुझाउने बताइएको छ । एमालेका एक सांसद अर्जुनबहादुर थापा सभामुख नियुक्त भएकोले उनको हस्ताक्षर नरहने बताइएको छ । यद्यपी उनले निर्णायक मतदान गर्न भने पाउने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार