१४ कार्तिक २०८१, बुधबार

स्वास्थ्य संस्थाहरूमा औषधी अभाव



बझाङ । बझाङमा विभिन्न स्वास्थ्य संस्थाहरूमा औषधी अभाव भएको छ ।
सरकारले स्वास्थ्य सेवाको सम्पूर्ण जिम्मा अहिले स्थानीय तहलाई दिएको थियो । तर स्थानीय तहले पनि समय मै सबै स्वास्थ्य संस्थामा औषधी पुर्‍याउन नसकेपछि बिरामीले सास्ती भोग्नु परेको छ ।
स्वास्थ्य चौकीमा औषधि नपाएपछि स्थानीय बासिन्दा जडीबुटीको भर गर्न बाध्य भएको गुनमती देवी बोहराले बताइन् ।
सरकारले स्वास्थ्य चौकीमा ३९ प्रकारको औषधी नि:शुल्क रुपमा प्रदान गर्ने नीति बनाएको छ । औषधीको अभावमा स्वास्थ्य चौकीमा पुगेका बिरामीहरूलाई चेकअप गरी निजी मेडिकलहरूमा पठाउने गरेको दौलीचौर स्वास्थ्य चौकीका अहेव शिबराज बोहराले बताए ।
बझाङमा ४५ वटा स्वास्थ्य चौकी, दुई वटा प्राथमिक स्वास्थ्य केन्द्र र एउटा जिल्ला अस्पताल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार