६ कार्तिक २०८१, मंगलवार

गोल्डकपको उपाधि आर्मीलाई



धनगढी । एपीएफलाई पराजित गर्दै दोस्रो संस्करणको सुदुरपश्चिम खप्तड गोल्डकप फुटबलको उपाधि त्रिभुवन आर्मीले जितेको छ ।
बिभागीय क्लब एपिएफलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गर्दै अर्को बिभागीय क्लब त्रिभुवन आर्मी खप्तड गोल्डकप फुटबलको उपाधि जित्न सफल भएको हो ।
निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टीमा आर्मीका नवयुग श्रेष्ठ, जर्जप्रिन्स कार्की, दीप लामा,दीपक गुरुङ र विवेक बस्नेतले गोल गरेका थिए । एपिएफका लागि युवराज खड्का, अन्जन विष्ट, पासाङ लामा र रन्जन विष्टले गोल गरे पनि सुदिप शिखकार गोल गर्न चुकेपछि आर्मी विजयी भयो ।
आर्मीले लक्ष्मी ह्युण्डाई मनाङ मसर्््याङ्दी क्लबलाई हराउँदै फाइनल स्थान बनाउँदा एपिएफले आयोजक सुदुरपश्चिम–११ पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।
मोफसल कै सर्वाधिक धन राशिको सुदुरपश्चिम खप्तड गोल्डकपको विजेता त्रिभुवन आर्मीले ११ लाख ११ हजार एक सय ११ पुरस्कार पाउँदा उपविजेता एपिएफले ५ लाख ५५ हजार पाँच सय ५५ रुपैयाँमा चित्त बुझाउनु परेको छ ।
प्रतियोगितामा एपिएफका कप्तान टोप विष्ट उत्कृष्ट डिफेन्डर, अन्जन विष्ट उत्कृष्ट गोलकर्ता, आर्मीका गोलरक्षक विकाश कुथु उत्कृष्ट गोलरक्षक, आर्मीकै सन्तोष तामाङ उत्कृष्ट मिडफिल्डर र सुदुरपश्चिमका अमानत सिंह उदयमान खेलाडी घोषित भएका छन् । उत्कृष्ठ सबै खेलाडीले जनही १५ हजार रुपैयाँ पुरस्कार पाएका छन् । प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बनेका आर्मीका कप्तान भरत खवासले यामाहाको मोटरसाइकल पाएका छन् ।
तेस्रो संस्करणमा हुन लागेको गोल्प कपको पुरस्कार राशि दोब्बर बनाइएको छ । पाँच लाख पुरस्कार प्रथम पुरस्कारबाट सुरु भएको कपको तेस्रो संस्करणमा २१ लाख प्रदान गरिने छ भने दोस्रोलाई १० लाख पुरस्कार प्रदान गरिने आयोजक क्लबका अध्यक्ष सुरेश हमालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार