८ कार्तिक २०८१, बिहीबार

खप्तड गोल्डकप : मनाङमस्र्याङ्दी सेमिफाइनलमा



धनगढी । अग्नि रुपन्देही ११ लाई फराकिलो अन्तरले पराजित गर्दै साविक विजेता मनाङ मस्र्याग्दी धनगढीमा भईरहेको नेपाल आईस सुदुरपश्चिम खप्तड गोल्डकपको सेमीफाईनलमा प्रवेश गरेको छ ।
धनगढी रंगशालमा शुक्रबार भएको अन्तिम क्वाटर फाईनलमा अन्तिम खेल रुपन्देही ११ लाई ४–० ले पराजित गर्दै मनाङ अन्तीम चारमा पुगेको हो । यसपालीको गोल्डपकमा मनाङको जित नै सवैभन्दा फराकिलो जित हो । यसअघि थ्री स्टारले रमपम झापा ११ लाई ३–१ ले हराएको थियो ।
२० औा मिनेटमा मनाङका विदेशी खेलाडी भिक्टोर अमोवीले गोल गर्दै अग्रता दिलाए । पहिलो हाफमा १–० ले अगाडी रहेको मनाङले दोस्रो गोल आत्मघाती उपहार पायो । छिरिङ गुरुङले वचाउ गर्न खोज्दा दोस्रो हाफको ५५ औं मिनेटमा आफ्नै पोष्टमा गोल भएपछि मनाङको अग्रता दोव्वर भयो । अधिकांश समय वल आफ्नो कव्जामा राखेको मनाङका लागि ८३ औ मिनेटमा विशाल राई र ८४ औ मिनेटमा विमल रानाले गाल गर्दै सानदार जितसागै मनाङ अन्तिम चारमा पुगेको हो ।
योसंगै सुदुरपश्चिम खप्तड गोल्डकपमा क्वाटरफाईनलको समिकरण पुरा भएको छ । सेमीफाईनलमा पुग्ने चार टिमको टुङगो लागेको छ । प्रतियोगीता अन्तरगत आज (शनिबार) मनाङ र आर्मी विच पहिलो सेमीफाईनल खेल हुनेछ दोस्रो सेमफिाईनलमा आइतवार सुदुरपश्चिम ११ र एपीएफ विच हुनेछ ।
जितपछि प्रतिक्रिया दिदै मनाङ मस्याङ्दीका प्रशिक्षक हेमन्त आलेले टीमको समन्वय भएकोले सानदार जित हासिल भएको भन्दै चिर परिचित प्रतिद्धन्द्धी भएका कारण रणनिति वनाउदा जित हात पारेको वताए । हामीले धेरै पटक विपक्षी टीमसाग खेलिसकेका छौं उनीहरुको रणनिति थाहा भएकोले त्यही अनुसार खेल्न सजिलो भयो उनले भने– अव सेमिफाईनलको खेल ५०/५० प्रतिशत हो । विभागीय टीमलाई धेरै पटक हराईसकेकोले गोल्डकपमा पनि हराएर उपाधि जित्ने रणनिति वनाउनेछौं ।
अग्नि रुपन्देही ११ का कप्तान दिलीप क्षेत्रीले आफ्नै गल्तीले गोल खाँदा हार व्यहोरेको वताए । आफ्नै गल्तीले सुरुमै गोल खाँदा दवावमा खेल्नु परेको र मौका पनि सदुपयोग गर्न सकेनौं उनले भने– पछि गो फर्काउनतिर केन्द्रित हुँदा अझ गोल खानु पर्‍यो ।
सर्वाधीक धनराशाीको सुदुरपश्चिम खप्तड गोल्डकपका विजेताले ११ लाख ११ हजार १ सय ११ र उप विजेताले ५ लाख ५५ हजार ५ सय ५५ नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार