५ कार्तिक २०८१, सोमबार

खप्तड गोल्डकप फुटवल : तयारी अन्तिम चरणमा



धनगढी । मोफसलमा सर्वाधिक धनराशी पुरस्कार रहेको ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता—२०७४’ को तयारी अन्तिम चरणमा पुगेको छ ।
आगामी शुक्रबारदेखि धनगढीमा खप्तड गोल्डकप प्रतियोगिता शुरु हुँदैछ । आयोजक सुदूरपश्चिम—११ स्पोर्ट्स क्लवले खेल हुने खेल मैदान सम्याउने, अतिरिक्त प्यारापिट निर्माण, टिकट व्यवस्थापन, खेलाडी लगायतको बसोवासको व्यवस्थापन लगायतका कार्य अन्तिम चरणमा पुगेको जनाएको छ ।
प्रतियोगिता सञ्चालनका लागि विभिन्न समिती समेत गठन गरिएको छ । आयोजक क्लवका अध्यक्ष सुरेश हमालले धनगढी क्षेत्रीय खेलकुद रंगशालामा पुस २१ देखि सुरु भएर माघ १ गतेसम्म प्रतियोगिता सञ्चालन हुने बताए ।
अध्यक्ष हमालले खेल मैदानमा सिंचाईं गर्दै रोलिङ गरेर मैदान सम्याउने काम भइरहेको बताए । खेल मैदानलाई अन्तर्राष्ट्रिय स्तरको रुपमा खेल खेलाउनका लागि मैदान तयार पारिएको मैदान व्यवस्थापन समितीका संयोजक चक्र मल्लले जानकारी दिए ।
तीन हजार पाँच सय दर्शक क्षमताका दुई वटा प्याराफिट रहेको अवस्थामा फुटवल प्रतियोगितामा पहिलो पटक कृत्रिम प्याराफिट निर्माण गरिदैछ । कृत्रिम प्याराफिटपछि थप एक हजार पाँच सय दर्शकले खेल हेर्न पाउने छन् ।
गत वर्ष धनगढी प्रिमियर लिगमा पोखराबाट कृत्रिम प्याराफिट ल्याएर वनाईएकोमा यस पटक धनगढीकै स्किल नेपाल नामक कम्पनीले कृत्रिम प्याराफिट बनाइरहेको सुदूरपश्चिम– ११ स्पोटर््स क्लवका उपाध्यक्ष योगेन्द्र चन्दले बताए ।
प्रतियोगितामा नेपालका चर्चित फुटबल क्लव मनाङ मस्र्याङ्दी, संकटा, त्रिभुवन आर्मी, झापा ११, साहारा क्लब पोखरा, अग्नी रुपन्देही ११, सुदूरपश्चिम ११, धरान फुटबल क्लब, एपिएफ क्लब, काठमाडौं, डुक स्टार क्लब भुटान, च्यासल युथ क्लब, र थ्री स्टर क्लब गरी १२ वटा ए डिभिजन क्लवले प्रतिस्पर्धामा सहभागिता जनाउने भएका छन् ।
सहभागी टोलीहरुलाई दुई समुहमा विभाजन गरेर खेल तालिका पनि सार्वजनिक भईसकेको छ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लव र काठमाण्डौको च्यासल युथ क्लवबीच हुने प्रतियोगिताका प्रवक्ता ओम चन्दले जानकारी दिए ।
प्रतियोगिताको दोस्रो संस्करणका विजेतालाई ११ लाख ११ हजार एक सय ११, उपविजेतालाई पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैया पुरस्कार प्रदान गरिने छ ।
त्यस्तै, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५/१५ हजार रुपैयाका दरले र खेल अवधिभरको उत्कृष्ट एक जना खेलाडीलाई मोटरसाईकल पुरस्कार प्रदान गरिनेछ ।
प्रत्येक खेलका म्यान अफ दि म्याचलाई १०/१० हजार रुपैयाका दरले पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा टिकट काटेर खेल हेर्न जाने दर्शकहरुलाई प्रत्येक दिन गोलाप्रथाद्धारा मोवाईल प्रदान गरिने भएको छ ।
प्रतियोगिताको मुख्य प्रायोजक सिजी ग्रुपको नेपाल आईस ब्राण्ड र सह प्रायोजकमा नेपाल टेलिकम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार