६ कार्तिक २०८१, मंगलवार

प्याकेजमै सहमति हुनुपर्छ : नेता पौडेल



07122016022837ramchandra-1000x0२०७३ पुस २ – कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको गतिरोधलाई अन्त्य गर्नका लागि मुख्य दलबीच प्याकेजमै सहमति हुनुपर्ने सुझाव दिएका छन् ।

विराटनगर विमानस्थलमा शनिबार पत्रकारसँग कुराकानी गर्दै उनले संविधान निर्माणका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका दल र मधेसी मोर्चाबीच स्थानीय निकायको निर्वाचनका साथै संविधान संशोधनको विषयमा सहमति गरेर मुलुकलाई निकास दिनुपर्ने आवश्यकतामा जोड दिए ।

तराईका जनताको भावनालाई समेटनुपर्ने उल्लेख गर्दै उनले संविधान संशोधनको विषयलाई लिएर यतिखेर रोल्पा, प्यूठानको जनतालाई पर्नसक्ने मर्कालाई पनि ध्यानमा राखेर कार्य गर्नुपर्ने देखिएको विचार राखे ।

नेता पौडेलले पुनःसंरचना आयोगले पेस गरेको प्रतिवेदनमा कतिपय पहाडी जिल्लाका बासिन्दालाई चित नबुझेको र तराईका आठ जिल्लाको प्रतिवेदनसमेत नआएको अवस्थामा स्थानीय निकायको निर्वाचन पुरानै संरचनामा गर्नुपर्ने विषयमा जोड दिए । रासस

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार