६ कार्तिक २०८१, मंगलवार

बैतडी सिगासमा नयाँ गुफा फेला पर्‍यो



बैतडी । बैतडीको सिगास गाउँपालिका गाँजरीमा देवीदेवताका मूर्तिसहितको एउटा नयाँ गुफा फेला परेको छ ।
सिगास गाउँपालिका–१, पानीफुट्टाको धारमा स्थानीय उज्ज्वलराम विकले नयाँ घर बनाउन ढुंगा निकाल्ने बेला शुक्रबार उक्त गुफा फेला परेको गाजरी प्रहरी चौकीका इञ्चार्ज जनकबहादुर धामीले जानकारी दिए । त्यसमा अद्भूत कलात्मक ढुंगा कुदिएको उनको भनाइ छ ।
१० फिट जति लामो गुफाभित्र विभिन्न देवीदेवताका मूर्ति पनि छन् । धेरै पहिला गुफा फेला परेको उक्त ठाउँमा राति बत्ती बलेको जस्तो देखिने तर दिउँसो केही पनि नदेखिने गरेको बूढापाकाको भनाइ रहेको स्थानीय गोकर्ण दयालले बताए ।
गुफा हेर्न स्थानीय बासिन्दाको भिड लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार