६ कार्तिक २०८१, मंगलवार

बैतडीमा आइरन चक्की अभाव



बैतडी । बैतडीका स्वास्थ्य संस्थामा आइरन चक्कीको अभाव भएको छ । स्वास्थ्य संस्थामा आइरन चक्कीको अभाव हुँदा गर्भवती महिला खाली हात फर्कनु परेको छ ।
सिगास गाउँपालिका अन्तर्गत रहेको गाँजरी स्वास्थ्य चौकीमा आइरन चक्की नभएको स्वास्थ्यचौकीका इञ्चार्ज जनकसिंह धामीले जानकारी दिए । गर्भ बसेको ३ महिनादेखि सुत्केरी भएको ४५ दिनसम्म महिलाले लगातार रूपमा आइरन चक्की खानुपर्ने भए पनि स्वास्थ्य संस्थामा आइरन चक्की नहुँदा महिलाहरू आइरन चक्की खानबाट वञ्चित भएका छन् ।
सरकारले नि:शुल्क रूपमा उपलब्ध गराउँदै आएको आइरन चक्कीको अभावमा गर्भवती महिलालाई रित्तै हात फर्काउनु पर्ने बाध्यता रहेको धामीले बताए ।
सरकारले स्वास्थ्य संस्थालाई स्थानीय तहमा हस्तान्तरण गरेदेखि नै स्वास्थ्यसंस्थामा अत्यावश्यक औषधिको अभाव कायमै रहेको पुरचौडी नगरपालिकाका स्वास्थ्य संयोजक विनोदकुमार कुँवरले बताए । स्थानीय तहमा स्वास्थ्य क्षेत्रका लागि केन्द्रबाटै कम बजेट आएकाले समस्या भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार