५ कार्तिक २०८१, सोमबार

सहमतिका आधारमा प्रदेश प्रमुख तोक्नु पर्छ : लेखराज



धनगढी । नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद लेखराज भट्टले सरकारले प्रदेश प्रदेश प्रमुख तोक्न नमिल्ने बताएका छन् ।
आज कैलालीको अत्तरियास्थित आफनै निवासमा मतदान गर्ने मतदातालाई धन्यबाद दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले प्रदेश प्रमुख तोक्नै पर्ने भए सहमतिमा तोकिनु पर्ने बताए ।
एमाले र माओबादी एकताका बारेमा वोल्दै नेता भट्टले पहिला सरकार निर्माण हुने र त्यसपछि पार्टी एकीकरण हुने बताए । पार्टी एकतामा कुनै झमेला नहुने बताउदै उहाँले जसरी चुनावी तालमेल भयो त्यसैगरी पार्टी एकीकरणमा पनि होमिनुपर्ने बताए ।
निर्वाचनका समयमा मतदातासंग घोषणापत्रको आधारमा मत मागेको उल्लेख गर्दै नेता भट्टले घोषणापत्रमा उल्लेख गरिएका विकासका कुराहरु तीन चरणमा लगेर कार्यान्वयनमा ल्याउने बताए । उनले घोषणा पत्रमा उल्लेख गरिएका कुराहरु तत्कालीन, अल्पकालीन, र दिर्घकालीनमा बर्गीकरण गरी कार्यान्वयन गरीने जानकारीे दिए ।
पत्रकारहरुले सोधेको प्रश्नको उत्तर दिदै आफुले मतदाता समक्ष प्रतिबद्धता गरेका कुरा कार्यान्वयन गर्ने बताए । सात नम्वर प्रदेशको राजधानी कहाँ हुन्छ भन्ने प्रश्नको जवाफमा उहाँले जनसंख्या, भुगोल, सामाजिक, आर्थिक र राजनितिक अनुकुलको क्षेत्रलाई राजधानी बनाउनु पर्नेमा जोड दिएन । उनले यस क्षेत्रका अल्पसंख्यक पछाडि परेका जनताको अधिकार सुनिश्चितताका लागि लाग्ने र थारु बाहुल्यता भएको क्षेत्रलाई थारु स्वायत्तता र अधिकार सम्पन्न क्षेत्रको रुपमा घोषणा गर्न आफूहरु तयार रहेको बताए ।
नेकपा माओबादी केन्द्र प्रदेश नम्बर सातका इञ्चार्ज समेत रहेका भट्टले मैले र अरु साथीहरुले थारु समूदायलाई आफ्ना कुरा वुझाउन सक्यौ र चुनाव जित्यौ तर कैलालीको १ नम्वर क्षेत्रमा थारु मतदातालाई बुझाउन नसक्दा चुनाव हारिएको बताए । उनले कैलाली १ का तीनवटै र धनगढीको प्रदेश क्षेत्र हार्नुको कारण खोजेर अघि बढ्ने बताए । उनले जातीय भन्दा राजनीतिक विचारका आधारमा अघि बढ्न जनतालाई सचेत बनाउनु पर्ने पनि औल्याए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार