युवा परिषदको कार्यकारी समितिमा शाह
धनगढी / अछामका युवा नेता पृथ्वीबहादुर शाह सुदूरपश्चिम प्रदेश युवा परिषदको कार्यकारी समितिको सदस्यमा नियुक्त भएका छन्।
प्रदेश सरकारको निर्णयअनुसार शाहलाई परिषदको कार्यकारी समितिमा मनोनयन गरिएको हो। युवा क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका शाहको नियुक्तिसँगै परिषदको कार्यसम्पादन थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।
नियुक्तिपछि प्रतिक्रिया दिँदै शाहले आफूलाई जिम्मेवारी प्रदान गरेकोमा प्रदेश सरकारप्रति कृतज्ञता व्यक्त गरेका छन्। उनले युवाको क्षमता अभिवृद्धि, नेतृत्व विकास तथा प्रदेशको समग्र विकासमा योगदान पुर्याउने गरी जिम्मेवारी निर्वाह गर्ने बताएका छन्।
शाहले परिषद्मार्फत युवाका मुद्दालाई प्राथमिकतामा राख्दै प्रदेशभरका युवालाई अवसर र सहभागितासँग जोड्ने दिशामा काम गर्ने प्रतिबद्धता समेत जनाएका छन्।
उनको आफ्नो नियुक्तिले सुदूरपश्चिममा युवा नेतृत्वको विकास, नीति निर्माणमा युवाको सहभागिता तथा युवामैत्री कार्यक्रम सञ्चालनमा सकारात्मक टेवा पुग्ने बताए।




