मुख्यमन्त्री शाहलाई दलको नेता हटाउन हस्ताक्षर गर्ने नौ जनाको सूची
धनगढी/ सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसको संसदीय दलको नेता परिवर्तनका लागि नौ जना प्रदेश सभा सदस्यले हस्ताक्षर गरेका छन् । दलका नेतामा मुख्यमन्त्री कमलबहादुर शाह रहेका छन् ।
प्रदेशसभा सदस्य पदमबहादुर शाहीका अनुसार दिवानसिंह विष्ट, मानबहादुर रावल, पदमबहादुर शाही, बेलबहादुर राना, जुना दानी, ललिता सुनार, गीता चौधरी, तुलसी देवकोटा र डम्मरी महराले दलको नेता हटाउन हस्ताक्षर गरेका छन् ।
कांग्रेसको संसदीय दलमा हाल १७ जना नेपालमा रहेका छन् । भने प्रकाशबहादुर देउवा अमेरिका छन् ।
नेता शाहीले केन्द्रीय कार्यालयले प्रतिनिधि पठाएर आफूहरुको निवेदनको टुंगो लगाउन आवश्यक प्रक्रिया अघि बढाउने बताए ।




