क्वालिटीलाई ‘क्लिन इनर्जी’ र गौतमलाई ‘इनर्जी लिडर्स’ अवार्ड
काठमाडौं / नेपालमा नविकरणीय उर्जाको क्षेत्रमा काम गर्दै आइरहेको काठमाडौंको क्वालिटी रिन्युएवल इनर्जी प्रालिले ‘क्लिन इनर्जी कम्पनी’ अवार्ड र सो कम्पनीको सिओओ तुफान गौतमले ‘इनर्जी लिडर्स’ अवार्ड प्राप्त गरेका छन् ।
काठमाडौंमा आयोजना गरिएको ‘नेपाल क्लिन इनर्जी सप्ताह – २०२६’ को अवसरमा क्वालिटी रिन्युएवलले ‘क्लिन इनर्जी कम्पनी अफ द यअर – २०२६’ प्राप्त गरेको हो । नेपालका दुर्गम र सुगम दुवै क्षेत्रमा सौर्य उर्जा मार्फत सेवा प्रदान गर्नुका साथै निरन्त्तर रुपमा क्लिन इनर्जी उत्पादन गरिरहेकोले सो कम्पनीलाई यो अवार्ड प्रदान गरिएको हो ।
साथै, सोही कार्यक्रममा क्वालिटी रिन्युएवल इनर्जीका सिओओ तुफान गौतमले ‘फ्यूचर इनर्जी लिडर्स अन्डर फोरटी’ अवार्ड प्राप्त गरेका छन् । नविकरणीय उर्जाको क्षेत्रमा युवा नेतृत्व प्रदान गरेर क्लिन इनर्जी उत्पादनमा निरन्त्तर काम गरेकोले गौतमलाई ‘फ्यूचर इनर्जी लिडर्स अन्डर फोरटी’ अवार्ड प्रदान गरिएको हो ।
गौतमले विदेशमा अध्ययन गरी नेपालमा नै आएर क्लिन इनर्जीको क्षेत्रमा युवा नेतृत्व प्रदान गरेकोले सो अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ ।
यी दुवै अवार्ड बिधुत बिकास बिभागका महानिर्देशक मनदेवी श्रेष्ठ र नेपाल बिधुत प्राधिकरणका कार्यकारी निर्देशक दिर्घायुकुमार श्रेष्ठले क्वालिटी रिन्युएवल इनर्जीका सिओओ तुफान गौतमलाई प्रदान गरे ।
सोलार क्वाटर साउथ एशियाले काठमाडौंमा आयोजना गरेको ‘नेपाल क्लिन इनर्जी सप्ताह(२०२६’ को अवसरमा क्वालिटी रिन्युएवल इनर्जीले ‘क्लिन इनर्जी कम्पनी अफ द यअर – २०२६’ र सोही कम्पनीका सिओओ तुफान गौतमले ‘फ्यूचर इनर्जी लिडर्स अन्डर फोरटी’ अवार्ड प्राप्त गरेका हुन् ।
सो अवसरमा प्रमुख अतिथि विद्युत विकास विभागका महानिर्देशक मनदेवी श्रेष्ठले दुर्गम र ग्रामीण क्षेत्रमा पुगेर सौर्य उर्जामार्फत नागरिकलाई उज्यालो दिदै सोलारमार्फत निरन्त्तररुपमा क्लिन इनर्जी उत्पादन गरेर राष्ट्रलाई महत्वपूर्ण योगदान दिएकोमा खुसी व्यक्त गर्दै कम्पनी र यसका सिओओ गौतमलाई धन्यवाद दिइन् । नेपालले क्लिन इनर्जी उत्पादनको क्षेत्रमा फड्को मारेको बताउदै श्रेष्ठले यसको प्रवद्र्धनमा नीजि क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताइन् ।
क्वालिटी रिन्युएवल इनर्जीका सिओओ गौतमले हिमाली जिल्ला तथा दुर्गम वस्तीका नागरिकलाई उज्यालो दिनुका साथै स्कुलदेखि अस्पतालहरु र तराईका फाँटहरुमा सिंचाइ अनि खानेपानीको क्षेत्रमा सोलार मार्फत उर्जा प्रदान गरी क्लिन इनर्जी उत्पादनको क्षेत्रमा आफ्नो कम्पनीले निरन्त्तर काम गरीरहेको बताए । उनले नेपालको नविकरणीय उर्जामा सोलारको महत्वपूर्ण भूमिका रहेको बताउदै यसको प्रवद्र्धनमा राज्यको ठोस नीति र कार्यक्रम आवश्यक भएकोमा जोड दिए ।
क्वालिटी रिन्युएवल इनर्जीले अस्पतालमा सोलार उर्जा, सोलार सिंचाइ, सोलार लिफ्टीङ खानेपानी आयोजना, सोलार होम सिस्टम, संस्थागत सोलार प्रणाली, रुफ टप सिस्टम, सोलार मिनीग्रिड, सडक सोलार बत्ति, सुधारिएको चूलो, विधुतिय चूलो, वाटर हिटर, वायो ग्यास, वायोमास लगायतका नविकरणीय उर्जाको क्षेत्रमा काम गरीरहेको सिओओ गौतमले जानकारी दिए।




