१५ चैत्र २०८२, आईतवार

बालेनले लिए प्रधानमन्त्रीको सपथ, १५ सदस्यीय मन्त्रीमण्डल गठन




काठमाडौ/ राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बालेनले प्रधानमन्त्री पदको सपथग्रहण गरेका छन् । उनले शुक्रबारै १५ सदस्यीय मन्त्रिपरिषद् गठन गरे ।

बालेन पाँच जना महिलालाई मन्त्री बनाएका छन् । उनले रक्षा र उद्योग मन्त्रालय आफैसंग राखेका छन् ।

मन्त्रिपरिषदमा दोस्रो वरीयतामा रहेका स्वर्णिम वाग्लेले अर्थमन्त्रीको जिम्मेवारी पाएका छन् । सोविता गौतमले कानुन मन्त्रालय र शिशिर खनालले परराष्ट्रमन्त्रीको जिम्मेवारी पाएका छन् ।

सुधन गुरुङलाई गृह मन्त्रालयको जिम्मेवारी दिँदा विराजभक्त श्रेष्ठले ऊर्जाको नेतृत्व पाएका छन् ।

सामान्य प्रशासन मन्त्रालयमा प्रतिभा रावल, विक्रम तिमिल्सिना सञ्चारमन्त्री, दीपक साह (महोत्तरी) ले श्रम मन्त्रीको जिम्मेवारी पाएका छन् ।

सस्मित पोखरेललाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिँदा खड्क (गणेश) पौडेलले पर्यटनमन्त्रीको जिम्मेवारी पाएका छन् । सीता वादी महिला, बालबालिका तथा निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका छन् ।

सबै मन्त्रीले राष्टपति रामचन्द्र पौडेलसंग सपथ लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार