कैलाली निर्वाचन क्षेत्र–५ मा रास्वपाका चन्द विजयी

धनगढी/ कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार आनन्दबहादुर चन्द ३१ हजार ९ ५३ मत सहित विजयी भएका छन्।
१ लाख १० हजार ५३९ मतदाता रहेको कैलालीमा ६५ हजार ९६३ मत खसेको थियो ।
चन्दले प्रतिस्पर्धी दलका उम्मेदवारहरूलाई पछि पार्दै जित हात पारेका हुन्। निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार नरनारायण शाह ११ हजार ९ ५८ नेकपाका प्रेमबहादुर आले,७ हजार ८७६ मत प्राप्त गरे भने एमालेका यज्ञराज ढुंगाना ५ हजार ८३९ मत प्राप्त गर्नुभएको छ ।
विजय भएपछि चन्दले सबैको जित भएको बताए ।




