२२ फाल्गुन २०८२, शुक्रबार

झापा–५ मा प्रारम्भिक मतगणनामा बालेन्द्र अग्रस्थानमा



झापा / प्रतिनिधिसभा निर्वाचनअन्तर्गत झापा जिल्ला क्षेत्र नम्बर ५ को प्रारम्भिक मतगणनामा बालेन्द्र साह अग्रस्थानमा देखिएका छन्।

प्रारम्भिक मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार शाहले ८१४ मत प्राप्त गर्दै अग्रता लिएका छन्। हालसम्म कुल एक हजार ४ सय मत गणना भइसकेको निर्वाचन कार्यालयले जनाएको छ।

यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा उम्मेदवार केपी शर्मा ओली ले ३८४ मत प्राप्त गरेका छन्। प्रारम्भिक परिणामअनुसार शाह र ओलीबीच मतान्तर देखिएको छ।

यसपटक झापा–५ निर्वाचन क्षेत्रलाई राष्ट्रिय राजनीतिका दृष्टिले निकै चासोका साथ हेरिएको छ। प्रमुख दलका शीर्ष नेताबीच प्रतिस्पर्धा भएकाले यो क्षेत्रलाई यसपटकको निर्वाचनको ‘इपिसेन्टर’ का रूपमा समेत लिइएको छ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार