२१ फाल्गुन २०८२, बिहीबार

सुदूरपश्चिममा ५०. ९ प्रतिशत मतदान, कञ्चनपुरमा सबैभन्दा बढी




धनगढी/ प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सुदूरपश्चिम प्रदेशमा कुल ५०.९ प्रतिशत मतदान भएको छ । प्रदेशका नौ जिल्लामा गरेर १७ लाख १६ हजार ६६० मतदातामध्ये आठ लाख ७४ हजार १७७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टका अनुसार सबैभन्दा बढी मतदान कञ्चनपुर जिल्लामा भएको छ । कञ्चनपुरमा तीन लाख १४ हजार ३८५ मतदातामध्ये ५८. ६ प्रतिशत अर्थात एक लाख ८४ हजार ३१६ मत खसेको छ ।

दोस्रोमा कैलाली रहेको छ, जहाँ ५५.४ प्रतिशत तीन लाख ५ हजार १२२ मत खसेको छ । कैलालीमा पाँच लाख ५१ हजार ५२ मतदाता थिए ।

कैलाली क्षेत्र नम्बर २ मा ५२. ६ अर्थात ५६ हजार ७७० कैलाली क्षेत्र नम्बर ३ मा ५५. २५ अर्थात ६० हजार २९४ कैलाली क्षेत्र नम्बर ४ मा ५४. ७४ अर्थात ६३ हजार ३४ र क्षेत्र नम्बर ५ मा ५९.६७ प्रतिशत अर्थात ६५ हजार ९६३ मत खसेको छ ।

कञ्चनपुर क्षेत्र १ मा ६० प्रतिशत अर्थात ६१ हजार ०७४ मत खसेको छ । निर्वाचन क्षेत्र नम्बर २ मा ५९.२१ प्रतिशत अर्थात ६४ हजार ८८१ मत खसेको छ । क्षेत्र ३ मा ५६.६१ प्रतिशत अर्थात ५८ हजार ३६१ मत खसेको छ ।

त्यस्तै गरेर अछामका दुई वटै क्षेत्रमा ३९. १ अर्थात ६४ हजार ७८० मत खसेको छ । क्षेत्र नम्बर १ मा ३२ हजार ५०६ र क्षेत्र नम्बर २ मा ३२ हजार ४०८ मतदान भएको छ ।


बाजुरामा ८७ हजार ८६१ करिब ५२. ७३ प्रतिशत अर्थात ४६ हजार २३२ मत खसेको छ । बाजुरामा २०७९ मा ६१ दशमलब ६३ प्रतिशत मत खसेको थियो ।

बझांगमा ४६. ४४ प्रतिशत अर्थात ५८ हजार ९४४ मत खसेको छ । बैतडीमा ४६.७८ प्रतिशत अर्थात ७३ हजार १४८ मत खसेको छ । डडेल्धुरामा ४९ .०८ प्रतिशत ४५ हजार ९०९ मत खसेको छ । डडेल्धुरामा ९३ हजार ४०३ मतदाता थिए । मुख्य निर्वाचन अधिकृत अरुणकुमार कोइरालाका अनुसार डडेलधुरामा शुक्रबार विहान मतगणना हुने भएको छ ।

दार्चुलामा ५३.७६ प्रतिशत अर्थात ४९ हजार ९६८ मत खसेको छ । र डोटीमा ४०. ८० अर्थात ५२ हजार ३३८ जनाले मतदान गरेका छन् ।

यसपटक सुदूरपश्चिमका नौ जिल्लाका १६ निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रुपमा मतदान भएको छ । विगतमा विवाद र झडप हुँदा मान्छे मर्नेसम्मको घट्ना हुने बाजुरामा पनि शान्तिपूर्णरुपमा मतदान भएको छ ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार