२१ फाल्गुन २०८२, बिहीबार

एमालेका उम्मेदवारले कञ्चनपुरमा गरे मतदान




धनगढी/ कञ्चनपुरमा बिहीबार बिहान ७ बजेदेखि सुरु भएको मतदानमा तीनै निर्वाचन क्षेत्रका नेकपा एमालेका उम्मेदवारले मतदान गरेका छन् ।

निर्वाचन क्षेत्र–१ मा प्रत्यक्षतर्फ नेकपा एमालेका उम्मेदवार तारालामा तामाङले पुनर्वास नगरपालिका वडा नं. ३ स्थित गोरखा आधारभूत माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गरे ।

त्यसैगरी, निर्वाचन क्षेत्र–२ बाट नेकपा एमालेका उम्मेदवार बचनबहादुर सिंहले कृष्णपुर नगरपालिका वडा नम्बर २ स्थित उदय माध्यमिक विद्यालयबाट मतदान गर्नुभएको छ।

निर्वाचन क्षेत्र–३ मा नेकपा एमालेका उम्मेदवार डा. दीपक प्रकाश भट्टले बिहीबार बिहान ७ः३० बजे भीमदत्त नगरपालिका वडा नम्बर ६ स्थित शान्ति निकेतन माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गर्नुभयो।

जिल्लाका तोकिएका ३६० वटै मतदान केन्द्रमा बिहानदेखि शान्तिपूर्ण ढङ्गले मतदान सुरु भएको जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार