१८ फाल्गुन २०८२, सोमबार

सुदूरपश्चिमबाट एक उपप्रधानसहित १४ पूर्वमन्त्रीहरु उम्मेदवार





धनगढी/ सुदूरपश्चिम प्रदेशमका विभिन्न निर्वाचन क्षेत्रबाट एक जना पूर्व उपप्रधानममन्त्रीसहित १४ जना मन्त्रीहरु चुनावी मैदानमा उत्रेको पाइएको छ । चुनावमा होमिएकामध्ये पूर्वउप्रधानमन्त्री, पूर्वमन्त्री, प्रदेशका पूर्वमुख्यमन्त्री, मन्त्री र राज्यमन्त्रीहरु छन् ।

उपप्रधान, रक्षा तथा गृहसहितका मन्त्रालय सम्हाल्नु भएका डा. भीमबहादुर रावल अछाम क्षेत्र नम्बर १ बाट उम्मेदवार छन् ।
यस्तै लेखराज भट्ट कैलाली क्षेत्र नम्बर ४ बाट, एनपी साउद कञ्चनपुर क्षेत्र नम्बर ३ बाट, दामोदर भण्डारीलाई बैतडीबाट, दार्चुलाबाट गणेश ठगुन्ना, गौरीशंकर चौधरी कैलाली क्षेत्र नम्बर ३ बाट , वीना मगर कञ्चनपुर क्षेत्र नम्बर १ बाट , प्रेम आलेमगर कैलाली क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका छन् । यस्तै गरेर नेपाल सरकारका राज्यमन्त्री जनकराज गिरी बाजुरा र जनकराज चौधरी कैलाली क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका छन् ।


त्यस्तैगरेर सुदूरपश्चिम प्रदेशका पहिलो मुख्यमन्त्री त्रिलोचन भट्ट, आर्थिक मामिला मन्त्री भइसक्नु भएका तारा लामा तामांग कञ्चनपुर क्षेत्रनम्बर १ बाट र आन्तरिक मामिला तथा आर्थिक मामिला मन्त्रालय सम्हाल्नु भएका प्रकाशबहादुर शाह बाजुराबाट उम्मेदवार छन् ।
यस्तै गरेर प्रदेशका भएका मानबहादुर सुनार कञ्चनपुर क्षेत्रनम्बर ३ बाट उम्मेदवार छन् ।

चार पटक नेकपा (एमाले) बाट चुनाव जित्नु भएका डा. भीमबहादुर रावल अछाम क्षेत्र नम्बर १ बाट नेकपाको उम्मेदवार बनेका छन । उनी २०६४ मा समानुपातिकबाट संविधान सभा सदस्य पनि थिए । उनी नेपाली कांग्रेसका भरत स्वाँर, एमालेका दीपक साउदसंगै चुनावी मैदानमा छन् । सो क्षेत्रमा रावल, स्वाँर र साउदबीच नै मुख्य प्रतिस्पर्धा हुने अनुमान छ ।

यस्तै कैलाली क्षेत्र नम्बर ४ बाट लेखराज भट्ट एमालेका उम्मेदवार बन्नु भएका लेखराज भट्ट २०६४ र २०७४ मा तत्कालिन माओवादीका उम्मेदवारका रुपमा विजयी हुनु भएका थिए । उनलाई कांग्रेसका गोरख विष्ट आनन्द र नेकपाका हरि चौधरी उत्सवले कडा टक्कर दिने बताइन्छ ।

तीन पटक प्रतिनिधि सभा सदस्य निर्वाचित हुनु भएर पटकपटक सरकारमा पुगेका कांग्रेसका एनपी साउद कञ्चनपुर क्षेत्र नम्बर २ बाट उम्मेदवार छन् । उनलाई एमालेका बचनबहादुर सिंह, नेकपाका माधव पन्त र रास्वपाका दीपक बोहराले टक्कर दिने अनुमान छ ।

एमालेबाट लगातार तीनपटक चुनाव जितेका पूर्वमन्त्री दामोदर भण्डारीलाई बैतडीमा कांग्रेसका चतुरबहादुर चन्दले कडा टक्कर दिने अनुमान छ ।

एमालेबाटै प्रतिनिधि सभा सदस्य भएर मन्त्री भएका दार्चुलाबाट गणेश ठगुन्नाको पनि कांग्रेसकै धर्मानन्द जोशीसंग प्रतिस्पर्धा रहेको छ ।

तराईको जिल्ला कैलाली क्षेत्रनम्बर ३ बाट एमालेका पूर्वमन्त्री गौरीशंकर चौधरी, नेकपाका वीरमान चौधरी, कांग्रेसका भीमबडुवालसित चुनावी मैदानमा छन् ।

तराईकै अर्को जिल्ला कञ्चनपुर १ बाट नेकपाकी नेतृ पूर्वमन्त्री वीना मगर चुनावी मैदानमा छन् । उनी २०७९ का प्रतिनिधि सभा सदस्य तथा प्रदेश सरकारका पूर्वमन्त्री एमाले नेता तारा लामा तामांग र कांग्रेसका गोपीप्रसाद उपाध्यायसंग चुनावी मैदानमा छन् ।


डोटीबाट लगातार तीन पटक चुनाव जितेका पूर्वमन्त्री प्रेम आलेमगर कैलाली क्षेत्रनम्बर ५ बाट उम्मेदवार बनेका छन् । नेकपाका आले, कांग्रेसका नरनारायण शाह मनु, एमालेका यज्ञराज ढुंगाना र रास्वपाका डा. आनन्द चन्दसित चुनावी मैदमानमा छन् ।

यस्तैगरेर कैलाली क्षेत्रनम्बर १ बाट नेपाल सरकारका राज्यमन्त्री भएका कांग्रेसका जनकराज चौधरी नेकपाका रामलाल डगौरा थारु, एमालेका द्धारिकाप्रसाद न्यौपाने र उज्यालो नेपालका प्रदीप चौधरीसित चुनावी प्रतिस्पर्धा गरिरहेका छन् ।

त्यस्तैगरेर सुदूरपश्चिम प्रदेशका पहिलो मुख्यमन्त्री त्रिलोचन भट्ट डोटीबाट उम्मेदवार छन् । नेकपाका नेता भट्टसंग कांग्रेसका भरतबहादुर खड्का र एमालेका दीपक धामी चुनावी मैदानमा छन् ।

आन्तरिक मामिला र आर्थिक मामिला मन्त्रालय सम्हाल्नु भएका प्रकाशबहादुर शाह बाजुराबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका छन् । उनले एमालेका लालबहादुर थापा र कांग्रेसका नेपाल सरकारका पूर्वराज्यमन्त्री जनकराज गिरीसित प्रतिस्पर्धा गर्नु परेको छ ।

यस्तै गरेर प्रदेशको भूमी व्यवस्था र कृषि राज्यमन्त्री भइसक्नुु भएका मानबहादुर सुनार कञ्चनपुर क्षेत्रनम्बर ३ बाट उम्मेदवार बनेका छन् । सो क्षेत्रमा एमालेका डा. दीपकप्रसाद भट्ट र कांग्रेसका हरिप्रसाद बोहरा चुनावी मैदान छन् ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार